2026-11-01 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी

काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उक्त नीति अनुमोदनका लागि केही दिनमा मन्त्रिपरिषद् पेस गरिने बताउँदै उहाँले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्न, यस क्षेत्रलाई थप आत्मनिर्भर बनाउन नीतिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

देशको दिगो विकासका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताउँदै मन्त्री अधिकारीले कृषि उत्पादन, कृषकको आय वृद्धि तथा आर्थिक समृद्धिलाई सरकारले प्राथमिकतामा राखेको प्रष्ट पार्नुभयो ।

करिब ६० हजार रोजगारी सिर्जना गरेको चिया उद्योगलाई थप प्रोत्साहन गरी नेपाली चियालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गरिने उहाँको भनाइ थियो ।

कृषि सचिव गोविन्दप्रसाद शर्माले कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन तथा निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चियाविज्ञ चन्द्रभूषण सुब्बाले मुलुकमा उत्पादन हुने विभिन्न प्रकारका चियाको विशेषता तथा विश्व बजारमा नेपाली चियाको मागबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यस वर्ष ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार !’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दिवसका अवसरमा चिया प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीमा विभिन्न जिल्लाका चिया कृषक, सहकारी, उद्योगी/व्यवसायीबीच छलफल गरिएको थियो ।

बोर्डको आव २०८०/८१ को तथ्याङ्कअनुसार नेपालमा कूल २० हजार १६० हेक्टर जमिनमा चिया रोपण गरिएको छ । यसअवधिमा दुई करोड ७० लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषक छन् । पछिल्लो नौ महिनामा करिब रु तीन अर्ब ५७ करोडको चिया निर्यात गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द