३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी

१५ बैशाख २०८२, सोमबार १४:२०

काठमाडौँ । शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी  दिएका छन्  । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारसँग आह्वान गरेका छन् ।

विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदा पुगेका खनालले माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले एक महिनासम्म पनि सरकारले शिक्षकका माग नसुनी सरकार तानाशाही तरिकाले दमनको बाटोमा लागेको बताए । ‘सरकारले जसरी तानाशाही तरिकाले दमन गरिरहेको छ, यसको हामी घनघोर भर्त्सना गर्दछौँ, विरोध गर्दछौँ ।

शिक्षकहरू भनेको यो देशको यो देशको बालबालिकालाई शिक्षित गर्ने गुरुआमा हुन्,’ खनालले भने, ‘उहाँहरूका मागलाई पहिलो प्राथमिकताका साथ समाधान गर्नुपर्छ । अन्यथा यो भन्दा ठुलो जनआन्दोलनको प्रतीक्षा बस्नुपर्छ सरकार ।’

शिक्षकका माग नसुन्नु सरकारको अकमर्णयता र जनविरोधी चरित्र रहेको बताउँदै त्यसको विरोध गरे । शिक्षक आन्दोलनका क्रममा ऐक्यबद्धता जनाउँदा सडकमा पुगेका नेकपा एसका अध्यक्षसहितका नेताहरूलाई शिक्षकहरू फर्काएका थिए ।

त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले देशको शिक्षा व्यवस्थामा अहिले पनि २०२८ सालको ऐन लागू भइरहेको बताए ।

आफू प्रधानमन्त्री हुँदा १६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टाएको बताउँदै त्यसपछि कुनै पनि सरकारले त्यति बजेट छुट्याउन नसकेको बताए ।

देशमा ठुलो परिवर्तन भएको अवस्थामा ऐन भने २०२८ सालकै लागू भइरहेको बताउँदै तुरुन्तै ऐन ल्याउनुपर्ने अवस्थामा सरकारले अहिले पनि ध्यान दिन सकेको बताए ।

शिक्षकहरूले थालेको आन्दोलनमा आफूहरूको अन्तिमसम्म समर्थन रहने बताए । नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले शिक्षकको आन्दोलनको विरोध गरेकी थिइन् ।

उक्त विषयमा नेता खनालले जसले आलोचना गरेको त्यो गलत भएको बताए । नेकपा एसले अन्तिम समयसम्म शिक्षकहरूको आन्दोलनमा समर्थन गर्ने प्रतिबद्धता जनाए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली