साउन २६, काठमाडौं । नयाँशक्ति पार्टी नेपालबाट पूर्व माओवादी देवेन्द्र पौडेल सहितका नेताहरुले नयाँ शक्ति छोड्ने भएका छन् ।
दिउँसो ३ बजे बागबजार स्थित होटल हार्दिकमा पत्रकार सम्मेलन गरेर उनीहरुले पाटी छोडेको घोषणा गर्ने भएका हुन् ।
नयाँशक्तिले चुनाव चिन्ह पनि नपाएको अवस्था र फोरमसँगको एकता भाँडिएपछि पौडेल सहितका केही नेता पुनः माओवादी केन्द्रमा नै फर्कने संकेत देखिएको नाम नखुलाउने सर्तमा एक नेताले जानकारी दिए ।
पौडेलको नेतृत्वमा कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री लगायतका केन्द्रीय नेताहरुले पार्टी छोड्दै छन् ।
रामचन्द्र झा एमालेमा जाने भनेर हल्ला गरिएको भएपनि उनी बिहान प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको थियो । झा सँगै प्रचण्ड, बादल, जनार्दन शर्मा लगायतका नेताहरू छलफलमा सहभागी भएका थिए ।