३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

शिशु हेरचाह केन्द्रको भवन उद्घाटन

२२ मंसिर २०७२, मंगलवार ००:२८

प्रकाश धौलाकोटी, मंसीर २२, तेह्रथुम । तेह्रथुमको श्रीजुङ्ग–१ असिनेमा निर्माण गरिएको सिंगदेवी सामुदायिक शिशु हेरचाह केन्द्रको भवन हिजो एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । आयआर्जनका कार्यमा महिलाहरुलाई सहज होस भन्ने उदेश्यले निर्माण गरिएको भवन को प्रमुख अतिथि जिल्ला विकास समितीको उर्जा शाखा ईन्जिनियर मनोजकुमार चोधरीले उद्घाटन गर्नुभएको थियो ।

देउराली सोसाइटी तेह्रथुमको महिला समुह मजवुतिकरण कार्यक्रम अन्तर्गत १ लाख ४४ हजार ८ सय ७ रुपैयाँ, श्रीजुङ्ग गाविसको ५० हजार , सिंहदेवी महिला कृषि सहकारी संस्थाको तर्फवाट ४० हजार र श्रमदान २ लाख ६७ हजार २ सय ९३ रुपैयाँ गरी कुल ५ लाख २ हजार ८ सय १० रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि निःशुल्क आधा रोपनी जग्गा प्रदान गर्नुहुने जग्गादाता सिंहदेवी महिला कृषि सहकारी संस्थाका अध्यक्ष दिपा लिम्वुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

भवन उद्घाटन कार्यक्रममा पूर्व जिविस सभापति किशोरचन्द्र दुलाल , देउराली सोसाइटी तेह्रथुमका अध्यक्ष दिनेश खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष उद्धव तिम्सिना, जिल्ला महिला संजाल तेह्रथुमका सदस्य धनु तामाङ्ग, सुम्वोलुङ्ग महिला समुह श्रीजुङ्गका अध्यक्ष योगीता चोङ्गवाङ्, नेपाली कांग्रेसका थानेश्वर भट्टराई, साना किसान कृषि सहकारी संस्थाकाश्रीजुङ्गका डम्वर भट्टराई , गाविस सचिव कृष्ण घिमिरे लगायतले आआफ्नो भनाई राख्नुभएको थियो । भवन उद्घाटन कार्यक्रम सिंहदेवी महिला कृषि सहकारी संस्थाका अध्यक्ष दिपा लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली