2026-06-19 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

शिशु हेरचाह केन्द्रको भवन उद्घाटन

प्रकाश धौलाकोटी, मंसीर २२, तेह्रथुम । तेह्रथुमको श्रीजुङ्ग–१ असिनेमा निर्माण गरिएको सिंगदेवी सामुदायिक शिशु हेरचाह केन्द्रको भवन हिजो एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । आयआर्जनका कार्यमा महिलाहरुलाई सहज होस भन्ने उदेश्यले निर्माण गरिएको भवन को प्रमुख अतिथि जिल्ला विकास समितीको उर्जा शाखा ईन्जिनियर मनोजकुमार चोधरीले उद्घाटन गर्नुभएको थियो ।

देउराली सोसाइटी तेह्रथुमको महिला समुह मजवुतिकरण कार्यक्रम अन्तर्गत १ लाख ४४ हजार ८ सय ७ रुपैयाँ, श्रीजुङ्ग गाविसको ५० हजार , सिंहदेवी महिला कृषि सहकारी संस्थाको तर्फवाट ४० हजार र श्रमदान २ लाख ६७ हजार २ सय ९३ रुपैयाँ गरी कुल ५ लाख २ हजार ८ सय १० रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि निःशुल्क आधा रोपनी जग्गा प्रदान गर्नुहुने जग्गादाता सिंहदेवी महिला कृषि सहकारी संस्थाका अध्यक्ष दिपा लिम्वुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

भवन उद्घाटन कार्यक्रममा पूर्व जिविस सभापति किशोरचन्द्र दुलाल , देउराली सोसाइटी तेह्रथुमका अध्यक्ष दिनेश खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष उद्धव तिम्सिना, जिल्ला महिला संजाल तेह्रथुमका सदस्य धनु तामाङ्ग, सुम्वोलुङ्ग महिला समुह श्रीजुङ्गका अध्यक्ष योगीता चोङ्गवाङ्, नेपाली कांग्रेसका थानेश्वर भट्टराई, साना किसान कृषि सहकारी संस्थाकाश्रीजुङ्गका डम्वर भट्टराई , गाविस सचिव कृष्ण घिमिरे लगायतले आआफ्नो भनाई राख्नुभएको थियो । भवन उद्घाटन कार्यक्रम सिंहदेवी महिला कृषि सहकारी संस्थाका अध्यक्ष दिपा लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले