2026-09-19 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव

काठमाडौँ | सदरमुकाम खलङ्गामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबारदेखि सञ्चालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार महोत्सवबामट कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्न तथा औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्न विश्वास गरिएको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आवश्यक भएको उहाँ बताउनुहुन्छ ।

महोत्सव अवधिभर कर्णालीका स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ । महोत्सवमा २२ कक्ष राखिएका छन् । सबै कक्ष ‘बुकिङ’ भइसकेका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । ती कक्षमा रैथाने बाली, स्थानीय परिकार र हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछन् । “स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता दिएका छौँ । यहाँ आउने अवलोकनकर्ताले जुम्लाको रैथाने परिकार र संस्कारको अनुभव लिन सक्ने छन्”, उहाँले भन्नुभयो ।

महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसर पहिचान गर्नु र स्थानीय, राष्ट्रिय, तथा अन्तरराष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ । महोत्सव यही वैशाख २४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो