Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जिप दुर्घटनामा मृत्यु भएका अर्जुनको परिवारलाई सहयोग हस्तान्तरण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका मैदान अमजामा जिप दुर्घटनामा परी मृत्यु भएका मैदान निवासी अर्जुन घिमिरेको परिवारलाई आर्थिक रकम हस्तान्तरण गरिएको छ ।

लुम्बिनी सामाजिक विकास केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी पैतालिस हजार हस्तान्तरण गरेको छ । लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलले मृतक घिमिरेकी आमाको हातमा दिनुभएको हो । दुखको घडीमा परिवारजनमा सान्त्वना दिदै संस्था दुख र सुखमा लाग्ने बताउनुभयो ।

रकम हस्तान्तरणमा लुम्बिनी सामाजिक विकासका प्रशासन प्रमुख कृष्ण पौडेल, फन्डवोर्ड कार्यक्रम टिम लिडर हरि पौडेल, वास अफिसर प्रेम आचार्य, मैदान निवासी गणेश घिमिरे, नारन गैरे, ताराप्रसाद घिमिरे, अन्नत घिमिरे, लगाएत मैदान बासीँको उपस्थित रहेको थियो ।