साउन २७, काठमाडौं | सरकारले भदौ १ गतेबाट ट्रक, मिनिट्रक लगायत मालवाहक सवारी साधन रिङरोडमा तोकिएको समय अवधिभित्र गुड्न प्रतिबन्ध लगाउने भएको छ । 

यातायात "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, काठमाडौं | सरकारले भदौ १ गतेबाट ट्रक, मिनिट्रक लगायत मालवाहक सवारी साधन रिङरोडमा तोकिएको समय अवधिभित्र गुड्न प्रतिबन्ध लगाउने भएको छ । 

यातायात "/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौ १ गतेदेखि रिङरोडमा मालवाहक सवारी साधन गुड्न नपाउने

२७ श्रावण २०७४, शुक्रबार ०१:३९

साउन २७, काठमाडौं | सरकारले भदौ १ गतेबाट ट्रक, मिनिट्रक लगायत मालवाहक सवारी साधन रिङरोडमा तोकिएको समय अवधिभित्र गुड्न प्रतिबन्ध लगाउने भएको छ । 

यातायात विभाग र ट्राफिक प्रहरी महाशाखाले रिङरोडमा बिहान ८ देखि बेलुका ७ बजेसम्म लोड गाडी गुड्न नदिने निर्णय गरका हुन् । अहिलेसम्म रिङरोडमा ट्रिपरलाई मात्र निषेध गरिएको थियो। अब ट्रक र मिनिट्रकले पनि रिङरोडमा आउन समय हेर्नुपर्ने भएको छ । यातायात विभागका अनुसार उक्त निर्णय पेट्रोल, ग्यास, पानीलगायत अत्यावश्यक सेवाको हकमा भने लागू हुनेछैन । ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले मालवाहक सवारीसाधनले गर्दा रिङरोडमा अत्यधिक जाम र दुर्घटना हुने गरेकाले  यस्तो निर्णय भएको बताए । ‘यो व्यवस्था प्रभावकारी हुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भने, ‘यसले दुर्घटना पनि कम गर्ने अपेक्षा छ ।’ 

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भने निर्णय भइनसकेको दाबी गरे। ‘शुक्रबार यातायात व्यवसायीसँग छलफल गररे मात्र निर्णय गर्ने योजना छ,’ उनले भने। उपत्यकामा भित्रिने मालवाहक सवारीका लागि विभिन्न नाकामा पार्किङ स्थल तोकिएको छ । पृथ्वी राजमार्ग हुँदै आउने मालवाहक सवारीलाई नौबिसे, अरनिको बीपी राजमार्गबाट आउनेलाई बनेपा र नुवाकोटबाट आउने साधनलाई झोर र मुडेमा पार्किङको व्यवस्था गरिएको छ ।

- कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति