२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठ तस्करीमा भारतीय गाडीको प्रयोग

२७ श्रावण २०७४, शुक्रबार ०१:४८


साउन २७, रौतहट । रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ । 

बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन छाडेर भागेका छन् । भारतीय युपी ४१ एटी ३८१२ र नेपाली ना ३ च ६१५० नम्बरको प्लेट रहेको पिकअप भ्यान छाडेर भागेका हुन् । 

वन कार्यालयको वन गस्तीले बिहीबार राति गोली चलाएपछि मात्र काठ तस्करले काठ सहितको पिकअप भ्यान छाडेर भागेका थिए । जिल्लाको वृन्दावन गाउँपालिका अन्तर्गतको विश्रामपुरबाट वन गस्ती टोलीले १० राउण्ड गोली चलाएपछि काठ सहितको एक थान पिकअप भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटले जानकारी दिएको छ । 

वन गस्ती टोलीले वृन्दावन गाउँपालिकाअन्तर्गत विश्रामपुरबाट एउटै गाडीमा दुईवटा नम्बर प्लेट भएको पिकअप भ्यानमा रहेको ६ थान सालको गोलियासहित नियन्त्रणमा लिएको हो । 

पूर्व–पश्चिम मुख्य राजमार्गबाट वन प्रवेश गरेको गाडीलाई वन गस्ती टोलीले पछ्याउँदै जाने क्रममा काठ तस्करले काठ सहितको पिकअप भ्यान नरोकेपछि १० राउण्ड गोली चलाएर सो भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटका वन अधिकृत दीर्घनारायण कोइरालाले बताउनुभयो । उक्त पिकअप भ्यानबाट ६० क्युफिट बराबरको ६ थान गोलिया बरामद गरिएको र तस्कर भने फरार रहेको वन अधिकृत कोइरालाले जानकारी दिनुभएको छ । 

बिना प्रमाण पुर्जी अवैधरुपमा काठ लैजाँदै गरेकोे अवस्थामा नियन्त्रणमा लिइएको उहाँकोे भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय, रौतहटले जनाएको छ । यसअघि पनि वन कार्यालय, रौतहटले मङ्सिरमा भारतीय नम्बर प्लेटको बिआर ०६ जिए ९६८७ नंका पिकअप भ्यान काठसहित नियन्त्रणमा लिएको थियो । 

पछिल्लो समयमा वनभित्र तस्करले पिकअप भ्यान नै लगेर काठ लैजाने गरेको छ । ट्रक, पिकअप भ्यान, ट्याक्टर, टायरगाडा, मोटरसाइकल र साइकलका माध्यमबाट तस्करले वनबाट काठ लैजाने गरेको पाइएको छ । 

जिल्ला वन कार्यालय, रौतहटले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷७४ मा पिकअप भ्यान दुई, ट्याक्टर आठ, टायरगाडा तीन, मोटरसाइकल चार र साइकल २९ थान बरामद भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य