१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोमा परी एकको मृत्यु, पाँच जना बेपत्ता

२७ श्रावण २०७४, शुक्रबार ०७:४७

साउन २७, पाँचथर । स्थानीय फालेलुङ गाउँपालिका–२ चुक्पादिनमा आएको पहिरोमा पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरिएको छ । 

मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक रहेका छन् । घरमाथिबाट आएको पहिरोले पुरेर उनको मृत्यु हुनुका साथै उनको घर पनि बगाएको प्रहरीले जनाएको छ ।सोही स्थानका घाँस काट्न गएका दुई व्यक्ति पनि अहिलेसम्म सम्पर्कविहीन रहेको बताइएको छ । 

सोही स्थानका कमल जबेगुको घर र खेत तथा निलु बानियाँको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताउनुभयो । 

यसैगरी फालेलुङ गाउँपालिका–३ ताङ्लेपास्थित नेवा खोलामाथी आज बिहान आएको पहिरोमा परी तीनजना बेपत्ता बनाएका छन् । बेपत्ता हुनेहरुमा स्थानीयवासी विष्णु राई उनकी छोरी सुस्मिता र नातिनी रहेको स्थानीय दीपेन्द्र चौहानले बताउनुभयो । 

आफ्नै घरमाथिबाट झरेको पहिरोले विद्युत् गृह कुर्न बसेका उनीहरुलाई बगाएर बेपत्ता बनाएपछि अहिले जोरपोखरी प्रहरी चौकी र भैरवी दल गणको टोली र स्थानीयवासी मिलेर बेपत्ताहरुको खोजी भइरहेकोे भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिनुभयो । 

पहिरोले राईको घर र गोठमा रहेको एक हल गोरु पनि बगाएको जनाइएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु