2026-09-18 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बुद्ध जयन्तीमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा गरिने

काठमाडौँ | बुद्ध जयन्तीका अवसरमा ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत शान्ति पदयात्रा गरिने भएको छ । शान्ति पदयात्रा काभ्रे सेवा समाज संस्थाद्वारा यही वैशाख २९ गते आयोजना गर्न लागिएको हो ।

पदयात्राले शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले पनौतीको मानेश्वरीबाट सुरु हुने शान्ति पदयात्रा सुन्थान–ईंटे–शंखु–शंखेश्वरी–जङ्गलहुँदै नमोबुद्घमा पुगेर टुङ्गिने जानकारी दिनुभयो । उक्त पदयात्राको दुरी नौ दशमलव पाँच किलोमिटर रहेको छ ।

पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार–व्यवसाय, नागरिक समाज, कानुन तथा सञ्चारकर्मीलगायत क्षेत्रका प्रतिनीधिसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ । सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेपलाञ्चोकका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवद्र्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्वपूर्ण हुने विश्वास गरिएको छ । समाजले २०८० असोज ६ गते पनौतीदेखि नमोबुद्धसम्म विश्व शान्ति पदयात्राको आयोजना गरेको थियो ।

नमोबुद्ध शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल भएको बताइन्छ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ ।

किंबदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । साथै पनौतीबाट शंखु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृङ्खला देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई