३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बुद्ध जयन्तीमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा गरिने

१८ बैशाख २०८२, बिहीबार १३:१३

काठमाडौँ | बुद्ध जयन्तीका अवसरमा ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत शान्ति पदयात्रा गरिने भएको छ । शान्ति पदयात्रा काभ्रे सेवा समाज संस्थाद्वारा यही वैशाख २९ गते आयोजना गर्न लागिएको हो ।

पदयात्राले शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले पनौतीको मानेश्वरीबाट सुरु हुने शान्ति पदयात्रा सुन्थान–ईंटे–शंखु–शंखेश्वरी–जङ्गलहुँदै नमोबुद्घमा पुगेर टुङ्गिने जानकारी दिनुभयो । उक्त पदयात्राको दुरी नौ दशमलव पाँच किलोमिटर रहेको छ ।

पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार–व्यवसाय, नागरिक समाज, कानुन तथा सञ्चारकर्मीलगायत क्षेत्रका प्रतिनीधिसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ । सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेपलाञ्चोकका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवद्र्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्वपूर्ण हुने विश्वास गरिएको छ । समाजले २०८० असोज ६ गते पनौतीदेखि नमोबुद्धसम्म विश्व शान्ति पदयात्राको आयोजना गरेको थियो ।

नमोबुद्ध शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल भएको बताइन्छ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ ।

किंबदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । साथै पनौतीबाट शंखु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृङ्खला देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली