2026-11-02 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससलाई आवश्यक स्रोतसाधनसहित सुदृढ र प्रभावकारी बनाउनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति(रासस)लाई आवश्यक स्रोतसाधन उपलब्ध गराएर अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै उहाँले आधिकारिक एवं विश्वसनीय समाचार सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेको राससलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

गणतनन्त्र स्थापनापछि भएका उपलब्धिलाई आमजनतामाझ पु¥याउने उद्देश्यले यसअघि दुईपटक राससमा प्रदर्शित तस्बिर समेटेर पुस्तकका रुपमा प्रकाशित गर्नु सराहनीय काम भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “यस किसिमका सिर्जनात्मक काम गरिरहनुपर्छ । सङ्घीय गणतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने जिम्मेवारी हाम्रै हो । गणतन्त्रको संरक्षण र सुदृढीकरणका पक्षमा एकजुट हुन सबैलाई अपिल गर्दछु ।”

प्रथम महिला राष्ट्रपति भण्डारीले उक्त पुस्तक अभिरुचीपूर्वक अवलोकन गर्दै अङ्ग्रेजी भाषामा चिनारी (क्याप्सन) सहित देशका अमूल्य संस्कृति–सम्पदा र भौतिक पूर्वाधारका क्षेत्रमा भएका प्रगतिलाई समेत समेटेर तयार गरिएको रासस तस्बिर पुस्तक स्वदेशी तथा विदेशी पाहुनालाई उपहारस्वरुप दिने मिल्ने गतिलो कोशेली भएको बताउनुभयो ।

त्यसअवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिसहित मुलुकको ‘कला–संस्कृति’ र ‘विकास तथा पूर्वाधार’ शीर्षकमा केन्द्रित भई यसअघि राससमा दुईपटक प्रदर्शित तस्बिरहरूलाई समेटेर पुस्तक प्रकाशित गरेको जानकारी गराउनुभयो ।

पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा तस्बिरको चिनारी ‘क्याप्सन’ लेखिएको बताउँदै उहाँले भन्नुभयो, “पुस्तकमा समेटिएका तस्बिरहरू ऐतिहासिक महत्वका छन्, पुस्तक कला र संस्कृतिको जीवन्त दस्तावेज हो । स्वदेश तथा विदेशमासमेत यसको व्यापकरुपमा प्रचारप्रसार हुन आवश्यक छ । राज्यले यस पुस्तक मुद्रण गर्न सके मुलुकको सम्पदाको प्रचारप्रसारमा योगदान पुग्ने भएकाले थप प्रति प्रकाशनका लागि राज्यका जिम्मेवार पक्षलाई अनुरोध गर्नेक्रम जारी छ ।”

पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश गरिएको छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख तथा लेख रचना प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो र प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने सहभागी हुनुहुन्थ्यो । कार्यकारी अध्यक्ष झा नेतृत्वको रासस टोलीले सो तस्बिर किताब आज पूर्व राष्ट्रपति भण्डारीको निवासमा हस्तान्तण गरेको हो ।

यसअघि रासस तस्बिर पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाली कांगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति डा रामवरण यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द