सास ।साउन २७, बर्दिया । 

जिल्ला युवा समितिको कार्यालय बर्दियाले १७औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना गरेको मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्या ज्योति माध्यमिक विद्यालय बढैयाताल ७ का सोयव रजा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास ।साउन २७, बर्दिया । 

जिल्ला युवा समितिको कार्यालय बर्दियाले १७औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना गरेको मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्या ज्योति माध्यमिक विद्यालय बढैयाताल ७ का सोयव रजा "/>

2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हजाम भए वक्तृत्वमा प्रथम : अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइने

सास ।साउन २७, बर्दिया । 

जिल्ला युवा समितिको कार्यालय बर्दियाले १७औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना गरेको मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्या ज्योति माध्यमिक विद्यालय बढैयाताल ७ का सोयव रजा हजामले प्रथम स्थान हासिल गर्नुभएको छ ।

‘शान्ति प्रवद्र्धनका लगि युवाको भूमिका’ विषयक मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा बबई बहुमुखी क्याम्पसकी गायत्री शर्मा द्वितीय, बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाकी सरस्वती उपाध्याय तृतीय हुनुभएको छ भने बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयकै सहभागी प्रतियोगी सोनम पुनले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । 

युवाहरुमा युवा दिवसको सान्दर्भिकता र शान्ति प्रवद्र्धनका लागि उनीहरुको भूमिकालाई आत्मसाथ गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक तथा जिल्ला युवा समितिका कार्यालय प्रमुख नीलकण्ठ रेग्मीले बताउनुभयो । 

कार्यक्रममा जिल्ला युवा सञ्जालका अध्यक्ष केशव टमाटाको समेत उपस्थिति रहेको थियो । 

प्रतियोगिताको निर्णायकमा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति प्रमोद कुमार तिमिल्सिना र विद्यालय निरीक्षक वीर बहादुर धामी रहुनभएको थियो । 

यसैबीच १७औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समितिको कार्यालयले शनिबार विहान ८ बजे सदरमुकाम गुलरियास्थित राधाकृष्ण चोकदेखि प्रभात फेरिको आयोजना गरेको छ । प्ले कार्ड तथा व्यानरसहित जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुने र सो समारोहलाई जिल्लास्थित विभिन्न विद्वान व्यक्तित्वहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको कार्यक्रमका संयोजक रेग्मीले सास बर्दियालाई बताउनुभयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई