पढ्न करिब 3 मिनेट लाग्छ

टेकशाही/साउन २७, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या घटेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारि दिएको छ ।

यस बर्ष शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ५ सय ७३ जना पर्यटक मात्र आएका रेञ्जर सञ्जय कुमार चौधरिले जानकारि दिए । उनका अनुसार महिला २ सय १४ जना र पूरुष ३ सय २१ जना रहेका बताए ।

जस मध्य सार्क मुलुकका १४ जना र अन्य देशका ५ सय २३ जना रहनुका साथै अघिल्लो बर्ष १ हजार ६ सय भन्दा धेरै पर्यटक भित्रिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्रिय राजमार्गले नछोएको र पर्यटन आउने सिजनमा हवाइ यातायातको बाटो यस बर्ष बन्द भएपछि पर्यटक घटेको पर्यटन ब्यावसायि सिजी ट्रेकिङ्गका प्रोप्राइटर जितेन्द्र झाँक्रीले बताए ।

उनका अनुसार जहाजको सुबिधा नभएको र पर्यटकले माथिल्लो डोल्पाको लागि महगो हेलिकप्टर भाडा तिर्न कठिन मान्ने भएको कारण पनि पर्यटक घटेको बताए ।

अघिल्ला बर्षमा पर्यटक हजारौको साख्यामा आउनाले होटेल ब्यावसाय पनि राम्रै चलेको र यस बर्ष पर्यटकहरु घटेपछि ब्यावसायपनि सँकटमा परेको होटेल ब्लूसिपका मालिक चाँद हमालले बताए ।

हरेक दिनपाल टाँग्नको लागि क्यमपसाइड ब्यवस्था गर्न कठिन हुन्थ्यो यो बर्ष बाटो नै हेर्नु पर्ने अबस्था छ सबै होटेल ब्यावसायिलाइ सँकट बनायो पर्यटनले चाँदले भने ।

डोल्पामापर्यटक माथिल्लो डोल्पामा भ्रमण गर्नको लागिआउने गर्दछन । सार्क मुलुककापर्यटकको लागिप्रतिब्यक्ति १६ सय डलर अन्य देशकालागि १३ सय डलर पर्यटन शुल्क लाग्ने गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक सँरक्षण अधिकृत प्रकाश उप्रेतिले जानकारि दिए ।

माथिल्लो डोल्पामा रहेको बशुचर्चित शे–गुम्बा, नेपालकै गहिरो शे–फोक्सुण्डो ताल, सुलिगार्ड झरणा,माथिल्लो रहन सहन भेष भुषाअबलोकन र अन्य प्राकृतिक मनोरम अबलोकनको लागिआउने गरेको स्थानिय आङ्ग बहादुर लामाले बताए ।

पर्यटकहरु जति धेरै आउछन त्यतिधेरै सबै ब्यावसायिको आयस्तर बढ्छ पर्यटन ब्यावसायि हिमबहादुर थापाले बताए । उनका अनुसार पर्यटकिय पदमार्गमा रहेका चिया पसलदेखि स्थानिय हस्तकलाका सामाग्रि उत्पादनगर्ने ब्यावसायिको समेत आम्दानी रोकिएको बताए ।

पर्यटक जुम्ला, डोल्पाहुदै मुस्ताङ्ग र बाग्लुङ्गहुदै पोखरा पदमार्ग पदयात्रागर्ने गर्दछन । यस बर्ष पर्यटक केहि पैदलमार्ग भएर आएका छन भने कोही हेलिकप्टर चार्टर गरेर आउने गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डले जानकारि दिएको छ ।

पर्यटक डोल्पा नआउनु हवाइ तथा पैदल यातायात मूख्य समास्या हो भने सञ्चार र सुरक्षा चुनौति जटिल अर्को कारण भएको डोल्पा उद्योग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले बताए ।

उनले भने माथिल्लो डोल्पा भौगोलिक रुपमा ठुलो भएको र सञ्चारको पहुचनभएको कारण पनि सञ्चार सुरक्षा दुवै हिसावले पर्यटकलाइ सहजता छैन ।

माथिल्लो डोल्पाका ३ वटै गाँउपालिकामा सञ्चारका कुनैपनि माध्याम छैनन । हरेक बर्ष माथिल्लो डोल्पामा सुरक्षा र सञ्चार अभाबकै कारण लाखौको लुटपाट हुने गर्दछ ।