2026-09-19 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा जबरजस्ती बुहारी करणी गरेको अभियोगमा जेल चलान

साउन २७, डडेल्धुरा । भाइबुहारी नाता पर्ने एक महिलालाई जवरजस्ती करणी गर्न खोजेको अभियोगमा डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडाका ५० वर्षीय हरि सिंह भण्डारीलाई शुक्रबार जेल चलान गरीएको छ ।

जबरजस्ती करणी उद्योग कसुर अपराध मुद्दामा अदालतको आदेश बमोजिम फरार अभियुक्त भण्डारीलाई बिहीबार घरबाटै पक्राउ गरी जेल चलान गरीएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक करविर ऐरले जानकारी दिएका छन् ।

वि.स.२०७२ मसिंर २८ गते राती ८ बजे भाइबुहारी नाता पर्ने महिलालाई जवरजस्ती करणी गर्न घर भित्र पसेका बेला पक्राउ गरिएको थियो । पक्राउ पश्चात सम्पूर्ण अनुसन्धान थालेर २०७२ पुस १६ गते उनलाई अदालतमा पेश गरिएको थियो ।

प्रहरी निरिक्षक ऐरका अनुसार २०७२ पुस १९ गते डडेल्धुरा जिल्ला अदालतबाट उनी २५ हजार धरौटीमा तारेखमा छुटेका थिए । उच्च अदालत दिपायल इजलास महेन्द्रनगरको २०७२ चैत २३ गतेको फैसलाले प्रतिवादी भण्डारीलाई जेल सजाय तोकिएको भएपनि हाल सम्म उनी फरार रहेका थिए । 

कारागार चलान गरिएका दोषी भण्डारीले अब २ बर्ष ६ महिना कैद भुक्तान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई