Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीको दाउन्नेमा पूर्वपश्चिम राजमार्ग ११ घण्टादेखि अवरुद्ध

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २८, कावासोती । लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमार्ग १० घण्टा देखि  अवरुद्ध भएको छ ।

शुक्रबार साँझ ८ बजेदेखि पहिरो गए पनि डिभिजन सडक कार्यालय बुटवलले समयमा पहिरो नपन्छाउँदा शनिबार विहानसम्म  सडक अवरुद्ध रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावलले जानकारी दिए।

शुक्रबार साँझ ६ बजेदेखि नै पहिरो पन्छाउन डिभिजन सडक कार्यालयलाई अनुरोध गरेको भए पनि शनिबार बिहान ४ बजेदेखि मात्बारै काम सुरु गरिएको हो।

पहिरो सफा गर्न अझै कम्तीमा ४ घण्टा लाग्ने हुनाले सडक अवरुद्ध हुने रावलले बताएका छन् । १० घण्टादेखि सडक अवरुद्ध भएसँगै पूर्व–पश्चिम चल्ने रुटका गाडीमा सवार थुप्रै यात्रुहरु जाममा फसेका छन् ।

दाउन्‍नेमा पहिरो गइराख्‍ने भएकाले बर्दघाट र  दुम्कीबासका सडक डिभिजन कार्यालय बुटबलले पहिलेदेखि नै डोजर छुट्टयाएर राख्‍ने गरेको छ। तर सडक डिभिजन कार्यालय बुटबलको लापरबाहीका कारण डिजल सकिएपछि बर्दघाट र दुम्कीबासबाट डोजर समयमा आउन पाएको थिएन।