३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय कर्मचारी परिषद्ले सार्यो सातबुँदे माग

१९ बैशाख २०८२, शुक्रबार १५:५६

काठमाडौँ | नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेको छ । आज यहाँ आयाजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच भएको नौबुँदे सहमतिमा आफ्नो माग पूरा नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

उहाँले सातबुँदे माग राखी यही वैशाख २१ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको छ । शिक्षक र कर्मचारीबीच विभेद अन्त्य गर्नुपर्ने, हालसम्म भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्नुुपर्ने, तलबमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमा शिक्षा ऐन जारी गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग रहेका छन् ।

पत्रकार सम्मेलनमा बब्बन मिश्राको संयोजक र दीप खतिवडाको सहसंयोजक रहेको १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले यही वैशाख २१ देखि जेठ ३ गतेसम्म कालोपपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गतेका दिन ७५३ वटा स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ ६ गते शिक्षा, विकास तथा समन्वय इकाइमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षणपत्र बुझाउने, जेठ ७ गते प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने र जेठ ९ र १० गते काठमाडौँमा सडक आन्दोलनको घोषणा गरेको छ ।

सरकार र शिक्षकबीच गत वैशाख १७ गते नौबुँदे सहमति भएपछि गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली