पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार देखि शुरु भएको छ । कार्यक्रमको उद्घाटना सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । उनल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार देखि शुरु भएको छ । कार्यक्रमको उद्घाटना सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । उनल"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

जेसीज सप्ताह शुरु

२८ श्रावण २०७४, शनिबार ०४:४३

पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार देखि शुरु भएको छ । कार्यक्रमको उद्घाटना सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । उनले जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकासमा ठूलो योगदान गरेको बताए । 

समाजमा रहेका युवाहरुलाई एकिकृत गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नको लागि जिम्मेवारी बोध गराउँदै व्यक्तित्व विकासमा जोड दिएको भन्दै सवैले जेसीजको अनुसरण गर्नुपर्ने बताए । उनले जेसीजसँग समन्वय गरेर युवाहरुलाई लक्षित गरी आफूले पनि केही गर्न चाहेको  बताए ।

सप्ताहव्यापी कार्यक्रम यहि भदौ २ गते सम्म चल्नेछ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन भदौ २९ गते उत्प्रेरणा तालिम, ३० गते गुप्तेश्वर गुफा परिसरमा सरसफाइ तथा प्रसाद वितरण, ३१गते दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण, ३२ गते अन्तरमावि स्तरीय लोकनृत्य प्रतियोगिता, भदौ १ गते जेसीज गाउँ चुवामा रहेको मंगोलदयमा माविमा बृक्षारोपण, २ गते कार्यक्रम सम्पन्न तथा पुरस्कार वितरण कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको हो ।

हरेक वर्षझै यस वर्ष पनि गर्न लागिएको सप्ताह अन्तर्गत उत्प्रेरणा तालिम कार्यक्रमको संयोजकका रुपमा धिरजकुमार यादब, दृष्टिबिहीनलाई सामाग्री हस्तान्तरणको संयोजक गणेश पौडेल(जयदुर्गा),, गुप्तेश्वर गुफा सरसफाई तथा प्रसाद वितरणको संयोजक सुरेन्द्र पौडेल तोकिएका छन् । त्यस्तै अन्तरमावि स्तरिय लोक नृत्य प्रतियोगिताको संयोजकमा गणेश पौडेल टुआरजी, जेसीज गाउँ चुवामा कार्यक्रमको संयोजक गोकुल चापागाई र, समापन एवम् पुरस्कार वितरण कार्यक्रमको संयोजक उषा चापागाई  तोकिएका छन् ।


एकताको दर खाने कार्यक्रम

एकता युवा क्लबले एकता चोकमा जिल्लाका महिलाहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ । 

बर्षेविच्छे सामुहिक दर खाने तथा विविध खेलकुद तथा     नारी सम्मान कार्यक्रमको आयोजना गर्दै आएको एकता क्लबले आज एकता चोकमा बृहत दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ । झण्डै २५ सय महिलाहरुलाई दर खुवाउने कार्यक्रम रहेको एकता क्लबका अध्यक्ष अच्यूत तिवारीले बताए । महिलाहरुको महान् चाड हरितालिका तिज पर्वतको अवसरपारि एकताले दर खाने कार्यक्रमसँगै महिला सम्मान र विविध खेलकुद कार्यक्रम गर्ने तयारी गरेको उनले सहारान्यूजलाई जानकारी दिए । उक्त  कार्यक्रमको लागि विभिन्न संयोजकहरु तय गरी जिम्मेवारी बाँडफाँड गरिएको र सोही अनुसार कार्यक्रमको तयारी समेत पुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता