पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार देखि शुरु भएको छ । कार्यक्रमको उद्घाटना सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । उनल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार देखि शुरु भएको छ । कार्यक्रमको उद्घाटना सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । उनल"/>
२०८२, २५ चैत्र बुधबार
पर्बत - PBT

जेसीज सप्ताह शुरु

२०७४, २८ श्रावण शनिबार ०४:४३

पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार देखि शुरु भएको छ । कार्यक्रमको उद्घाटना सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । उनले जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकासमा ठूलो योगदान गरेको बताए । 

समाजमा रहेका युवाहरुलाई एकिकृत गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नको लागि जिम्मेवारी बोध गराउँदै व्यक्तित्व विकासमा जोड दिएको भन्दै सवैले जेसीजको अनुसरण गर्नुपर्ने बताए । उनले जेसीजसँग समन्वय गरेर युवाहरुलाई लक्षित गरी आफूले पनि केही गर्न चाहेको  बताए ।

सप्ताहव्यापी कार्यक्रम यहि भदौ २ गते सम्म चल्नेछ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन भदौ २९ गते उत्प्रेरणा तालिम, ३० गते गुप्तेश्वर गुफा परिसरमा सरसफाइ तथा प्रसाद वितरण, ३१गते दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण, ३२ गते अन्तरमावि स्तरीय लोकनृत्य प्रतियोगिता, भदौ १ गते जेसीज गाउँ चुवामा रहेको मंगोलदयमा माविमा बृक्षारोपण, २ गते कार्यक्रम सम्पन्न तथा पुरस्कार वितरण कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको हो ।

हरेक वर्षझै यस वर्ष पनि गर्न लागिएको सप्ताह अन्तर्गत उत्प्रेरणा तालिम कार्यक्रमको संयोजकका रुपमा धिरजकुमार यादब, दृष्टिबिहीनलाई सामाग्री हस्तान्तरणको संयोजक गणेश पौडेल(जयदुर्गा),, गुप्तेश्वर गुफा सरसफाई तथा प्रसाद वितरणको संयोजक सुरेन्द्र पौडेल तोकिएका छन् । त्यस्तै अन्तरमावि स्तरिय लोक नृत्य प्रतियोगिताको संयोजकमा गणेश पौडेल टुआरजी, जेसीज गाउँ चुवामा कार्यक्रमको संयोजक गोकुल चापागाई र, समापन एवम् पुरस्कार वितरण कार्यक्रमको संयोजक उषा चापागाई  तोकिएका छन् ।


एकताको दर खाने कार्यक्रम

एकता युवा क्लबले एकता चोकमा जिल्लाका महिलाहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ । 

बर्षेविच्छे सामुहिक दर खाने तथा विविध खेलकुद तथा     नारी सम्मान कार्यक्रमको आयोजना गर्दै आएको एकता क्लबले आज एकता चोकमा बृहत दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ । झण्डै २५ सय महिलाहरुलाई दर खुवाउने कार्यक्रम रहेको एकता क्लबका अध्यक्ष अच्यूत तिवारीले बताए । महिलाहरुको महान् चाड हरितालिका तिज पर्वतको अवसरपारि एकताले दर खाने कार्यक्रमसँगै महिला सम्मान र विविध खेलकुद कार्यक्रम गर्ने तयारी गरेको उनले सहारान्यूजलाई जानकारी दिए । उक्त  कार्यक्रमको लागि विभिन्न संयोजकहरु तय गरी जिम्मेवारी बाँडफाँड गरिएको र सोही अनुसार कार्यक्रमको तयारी समेत पुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ