२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिल्ला युवा परिषदको आयोजनामा अन्तरराष्ट्रिय युवा दिवस मनाइयो

२८ श्रावण २०७४, शनिबार १२:४९

लोकेन्द्र प्रशाद जोशी | साउन २८, दार्चुला । दार्चुला जिल्लामा एक कार्यक्रमका सहभागिहरुले युवासक्तीले स्वयम देखी परिवार र देशमा नै सान्ती स्थापनाकालागी भुमिका खेल्नुपर्नेमा युवासक्ती आफै तनाबमा रहेको भन्दै चिन्ता ब्यक्त गरेका छन । जिल्ला युवा परिषद दार्चुलाले अन्तरराष्ट्रिय युवा दिवस २०७४ को अबसरमा आयोजना गरेको कार्यक्रमका सहभागिले रोजगारी नै ठुलो कुरा नभएकोले आफैले स्वरोजगारी शृजना गर्नसक्नुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी सिहले अहिले हाम्रो समाजमा बुढापाखाले काम गर्ने तर हातमा बल र पाखुरीमा सामथ्र्य भएका युवासक्ती कुलतमा फसीरहेको, अनाबश्यक काममा फजुल समय खर्च गरीरहेको भन्दै यसरी देशको बिकास र समृद्धि सम्भब नभएको बताउँनुभएको छ ।

नेपाल देश युवा सक्तीको धनी भएपनि गर्नेहरु सबै बिदेशीने र स्वदेशमा रहेकाहरुले स्वरोजगारमा ध्यान दिननसक्दा साथै राज्यले युवासक्तीको उपयोग गर्न नसकेको भन्दै दुखेसो गर्नुभएको छ ।

अहिले १६ लाख २४ हजार बढी युवा रोजगारीको खोजिमा बिदेशीको उदाहरण दिदै उहाले यसरी देशको बिकास सम्भब नभइरहेको बिचार ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमका अध्यक्षसमेत रहेका जिल्ला युवा परिषदका अध्यक्ष खडक सिह बडालले युवाहरुले स्वरोजगारमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । स्वरोजगार गर्न चाहाने युवाहरुलाइ जिल्ला युवा परिषदले समेत सहयोग गर्न तयार रहेको उहाले बताउँनुभयो ।

दिबसको अवसरमा सान्ती निमार्णमा युवाहरुको भुमिका बिषयक कबिता बाचन प्रतियोगिताको समेत आयोजना गरीएको छ । प्रतियोगितामा महेन्द्र नमुना माबि र दार्चुला बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले सहगागिता जनाएका थिए । जसमा महेन्द्र नमुना माबिका गोबिन्द डडाल प्रथम, दार्चुला बहुमुखी क्याम्पसका इश्वरी बम द्धतिय, दिपमाला घर्ती तृतिय र अनिता महराले सान्तना स्थान प्राप्त गरेका छन । प्रतियोगितामा सहभागिलाइ नगद सहित प्रमाणपत्र प्रदान गरेर पुरुस्कृत गरीएको छ ।

कबिता बाचन प्रतियोगितामा सहभागिहरुले अहिले रहेका ब्याप्त बिकृति बिसङगति त्याग्दै सकारात्मक परिबर्तनको बाटोमा लम्कन युवाहरुलाइ आफ्ना सब्द शृजना मार्फत आह्वान समेत गरेका छन । कार्यक्रमको अन्त्यमा प्राद्यापक पदम बडालले ब्यङगात्मक शैलीमा अहिलेको बिकृत परिस्थीति र युवाको भुमिकालाइ समेत उठाउँदै ब्याङग्यात्मक कबिता प्रस्तुत गर्दै परिबर्तनकालागी युवासक्तीलाइ आह्वान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य