१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा अवैध नौ किलो सुनसहित दुई जना पक्राउ

२८ श्रावण २०७४, शनिबार १४:४५

साउन २८, नुवाकोट । अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको नौ किलो सुनसहित दुई जनालाई आज नुवाकोट प्रहरीले पक्राउ गरेको छ । 

चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो । 

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नंको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । 

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक घले र पछाडी बसेका तामाङलाई गेर्खुबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर जाँच गरी फल्स बटम र शरीरमा बाँधेको अवस्थमा सुन बरामद गरिएको प्रनाउ कँडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु