2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा अवैध नौ किलो सुनसहित दुई जना पक्राउ

साउन २८, नुवाकोट । अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको नौ किलो सुनसहित दुई जनालाई आज नुवाकोट प्रहरीले पक्राउ गरेको छ । 

चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो । 

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नंको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । 

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक घले र पछाडी बसेका तामाङलाई गेर्खुबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर जाँच गरी फल्स बटम र शरीरमा बाँधेको अवस्थमा सुन बरामद गरिएको प्रनाउ कँडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई