साउन २८, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा आज बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा आज बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जाग्री हत्याकाण्डको अनुसन्धानका लागि प्रहरीले कुकुरको प्रयोग गर्ने

२८ श्रावण २०७४, शनिबार १५:३५

साउन २८, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा आज बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुकुरको प्रयोग गर्ने जनाएको छ । 

घटनाको विषयमा रेडियो बेलौरीसंग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्दले घटना बिभत्स तरिकाले घटेको उल्लेख गर्दै प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्याम्पसको क्यान्टिनका कारिगरसहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । तर उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।  

उक्त घटनाको थप अनुसन्धानका लागि नेपालगञ्ज स्थित नेपाल प्रहरीको क्षेत्रीय कुकुर शाखाबाट कुकुर मगाएको एसपि चन्दले बताउनु भयो । घटनाको विरोधमा विभिन्न राजनीतिक दलका पार्टी पङ्ती तथा विद्यार्थी संगठन एवं संघसंस्थाहरुले समेत खेद प्रकट गरेका छन् । उक्त क्याम्पसका विद्यार्थी तथा अन्य क्षेत्रका विद्यार्थी संगठनहरुले समेत घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत बझाङ्गको सैनम बसेला गाउँपालिकाका २३ वर्षीय डम्बर बहादुर जाग्रीका आज बिहान ८ बजेतिर क्याम्पसको होस्टेल भित्रै हत्या भएको थियो । 

होस्टेलको तल्लो तलाको स्टोर कोठामा घाँटी काटिएको अवस्थामा जाग्रीको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा चक्कु फेला परेको थियो । 

बझाङ्ग घर भई विगत ४ वर्षदेखि सिद्धनाथ विज्ञान क्याम्पसको होस्टलमा बस्दै आएका जाग्री सिद्धनाथ विज्ञान क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष रहेको र उनलाई चारदिन अघि बसेको बैठकले अखिल क्रान्तिकारी विद्यार्थी संगठनको संयोजकको जिम्मेवारी पनि दिइएको बुझिएको छ । -हरिश चन्द्र बागको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु