५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढीले ह्युमपाइप बगाउँदा सडक अवरुद्ध

२९ श्रावण २०७४, आईतवार ०९:०९

साउन २९, लहान | चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सुखीपुर नजिकै रहेको ह्युमपाइप बगाउँदा सिरहाको चिरोमाइल– बरियारपट्टी सडक अवरुद्ध भएको छ । 

बिहानदेखि नै सडक अवरुद्ध हुँदा उक्त क्षेत्रका सर्वसाधारणलाई पूर्वपश्चिम राजमार्गसम्म पुग्न कठिनाइ भएको छ । यसैगरी अविरल वर्षासँगै आएको बाढी नहरमाथिबाट बग्न थालेपछि लहान नगरपालिका– १ स्थित दलित बस्ती जलमग्न भएको छ । बाढीका कारण उक्त बस्तीका दश घर पूर्ण रुपमा भत्किसकेपछि घरमा रहेको खानेकुरासमेत जोगाउन नसकेको स्थानीयवासी गेना सदायले बताउनुभयो । 

वर्षाका कारण सिरहाका दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका– ६ गौताडीका दर्जन बढी घर डुबानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका– ४ मा रहेका घरमा पसेको छ । 

वर्षाकै कारण सिरहाको सदरमुकामसहित मिर्चैया नगरपालिका र गोलबजार क्षेत्रसमेत जलमग्न भएका छन् । वर्षाका कारण सदरमुकामसहित जिल्लाका मिर्चैया, गोलबजार, लहान, पर्सा पोखरभिण्डा, सुखिपुरलगायत पनि जलमग्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू