2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्केरी बचाउन अस्पताल लाने क्रममा एकै परिवारको ६ जनाको मृत्यु

साउन २९,  (रौतहट) | परोहा गाउँपालिकाको राजपुर फरहदवामा बाढीले बाटो कटान गरेको स्थानमा आज बिहान सुत्केरी महिला बोकेको जिप दुर्घटना हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । 

प्रसूति गराउन राजपुर फरहदवा स्वास्थ्य संस्थामा लौजाने क्रममा परोहा गाउँपालिका– ३ लौकाहा निवासी चन्दन यादवको घरपरिवारका सदस्यको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आकस्मिक अवस्थामा रहेका यादवको २८ वर्षीया श्रीमती शर्मिला यादवलाई अस्पतालमा सुरक्षित प्रसूति गराउन उनकी आमा सुमित्रादेवी, पाँचवर्षीया छोरी छोटुकुमारी, भतिजा सरोज र भाउज्यू ललितादेवीसहित चढेको भारतीय जिप नै कटान भएको बाटामा दुर्घटना भएको स्थानीयवासी शेष वकिलले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय राजपुरफरहदवा नजिक शनिबार वर्षाको पानीले एक सय मि बम नहर कटान गरेको थियो र सोही कटानमा आज उनीहरु चढेको जिप दुर्घटना भएको जनाइएको छ । उक्त जिपका चालक फरार रहेका छन् । 

यसैबीच देवाही गोनाहीमा एक वृद्धाको मृत्यु भएको प्रहरीले बताएको छ । सो क्षेत्रमा लाल बकैया नदीले कटानी गरेपछि साविक देवाही गाविस र करुनिया गाविसका– तीन वडाका बासिन्दा बाढीको घेरामा परेका छन् । 

यसैबीच नेकपा (माओवादी केन्द्र)ले बाढी प्रभावित क्षेत्रमा आजदेखि राहत वितरण शुरु गरेको छ । केन्द्रले आज चन्द्रपुर नगरपालिकाका बालचनपुर, बलुवा, घाँगीटोल, पडरियामा राहत वितरण गरेको माओवादी केन्द्रले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही