2026-07-01 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

जिसस उदयपुरमा एमाले बिजयी

2017-08-14

साउन ३०, उदयपुर । उदयपुर जिल्लामा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् । 

समन्वय समितिका प्रमुखमा नेकपा (एमाले)का खड्ग परियार र उपप्रमुखमा गंगाकुमारी राई चयन भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताउनुभयो । 

समन्वय समितिका सदस्यहरूमा कुलबहादुर खपांगी, खड्गबहादुर राउत, बोधकुमार थापा, महिलामा ईश्वराकुमारी पौडेल, जानकी बराल, मीना कुमारी राई र अल्पसङ्ख्यकबाट चीनबहादुर दनुवार चयन हुनु भएको छ । 

आइतबार जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा नौ सदस्यीय जिल्ला समन्वय समिति चयन गर्नका लागि निर्वाचनको मिति निर्धारण गरेर प्रतिनिधिहरूको नाम मनोनयन दर्ता गर्ने क्रममा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरूको मात्र एकल प्यानलको नाम परेको र अन्यको नाम नपरेपछि समन्वय समिति निर्विरोध घोषणा गरिएको पनि मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । 

आइतबार साँझ नै समन्वय समितिका पदाधिकारीहरूलाई शपथग्रहणसहित प्रतिबद्धता जाहेर गर्न लगाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ