८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

जिसस उदयपुरमा एमाले बिजयी

३० श्रावण २०७४, सोमबार ०५:५५

साउन ३०, उदयपुर । उदयपुर जिल्लामा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् । 

समन्वय समितिका प्रमुखमा नेकपा (एमाले)का खड्ग परियार र उपप्रमुखमा गंगाकुमारी राई चयन भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताउनुभयो । 

समन्वय समितिका सदस्यहरूमा कुलबहादुर खपांगी, खड्गबहादुर राउत, बोधकुमार थापा, महिलामा ईश्वराकुमारी पौडेल, जानकी बराल, मीना कुमारी राई र अल्पसङ्ख्यकबाट चीनबहादुर दनुवार चयन हुनु भएको छ । 

आइतबार जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा नौ सदस्यीय जिल्ला समन्वय समिति चयन गर्नका लागि निर्वाचनको मिति निर्धारण गरेर प्रतिनिधिहरूको नाम मनोनयन दर्ता गर्ने क्रममा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरूको मात्र एकल प्यानलको नाम परेको र अन्यको नाम नपरेपछि समन्वय समिति निर्विरोध घोषणा गरिएको पनि मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । 

आइतबार साँझ नै समन्वय समितिका पदाधिकारीहरूलाई शपथग्रहणसहित प्रतिबद्धता जाहेर गर्न लगाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता