Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्षाले यसरि रित्यायो दार्चुलाका किसानको सपना

By kit 3 मिनेट पढाइ

लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । दार्चुलाको महाकाली नगरपालीका ९ दत्तु थाप्लामा आइतबार राति परेको बर्षाले कृष्ण ब्यबसायिक तरकारी बेर्ना उत्पादन उद्योगमा लाखौको तरकारी नष्ट भएको छ ।

बर्षाले जिल्लाकै उत्कृष्ट कृषकमध्ये पर्ने कृष्णसिह सामन्तको खेतमा लगाइएको तरकारी र बेर्ना सखाप पारेको छ । ब्यबसायिकरुपमा ८० रोपनि जमीनमा लगाइएको तरकारी फर्म र तरकारी बेर्ना नष्ट भएको हो ।

बर्षैादेखी उदाहरणिय रुपमा ब्यबसायिक तरकारी खेति गर्ने कृषकका रुपमा परिचित सामन्तको तरकारी खेतमा लगाएको बिभिन्न जातको तरकारीमा लाखौको क्षति भएको छ ।

लाखौ लगानि गरेर खेतमा लगाइएको तरकारीको खेत नै बगरमा परिणत हुदा निकै चिन्तीत बनाएको सामन्तले बताउँनुभयो । सबथोक सम्झेर लगाएको तरकारी नष्ट हुदा सपना नै रित्तिएको आभास भइरहेको उहाले सुनाउँनुभयो ।

बेर्ना र तरकारी सबै माटोमा मिलेको छ । कृषक सामन्तले जिल्ला कृषि बिकास कार्यालय दार्चुलामा क्षतिपुर्ती एब. राहतकोलागी अनुरोध गरेको बताउँनुभयो ।