2026-09-19 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका सडक ताल भएपछि राहत बितरण गर्न सकिएन


मोहम्मद ईजहार शेष/साउन ३०, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ साविक भुजहवा गा.वि.स.का लागि प्रयाप्त राहत सामाग्रीको व्यवस्थापन गरिएपनि बाटो अभावका कारण विस्थापित परिवारहरूलाई वितरण गर्न सकिएको छैन । 

उक्त वडाका सडकहरूमा ३ फिटभन्दा बढि बाढीको पानी रहेकाले वितरण गर्नमा समस्या भएको वडाध्यक्ष हयात खानले बताउनुभयो । सो वडामा गएको १९ गतेको बाढी र अहिलेसम्म ३ सयभन्दा बढि घरधुरी विस्थापित भएका छन् भने हजारौं सर्वसाधारण भोकै बस्न बाध्य भएका छन् । 

साविक भुजहवाका ९ वटा गाउँहरूमा झरहीखोलाको बाढी पसेर ५ सय भन्दा बढि घरधुरीमा पानी पसेको छ भने करिब ३ सय कच्ची घर ध्वस्त भएका छन् । गाउँपालिकाले उक्त वडामा ५० बोरा चिउरा, चाउचाउ, दालमोट लगायतका राहत सामाग्री हस्तान्तरण गरेको हो ।

यस्तै बिस्थापीत परिवारका लाई कोईका संस्थाले १ सय ९५ वटा टेन्ट र चार सय थान झुल सहयोग गरेको छ भने बिभिन्न सहकारी संस्थाहरुले पनि राहत सामाग्री सहयोग गरेका छन् । तर बाढीले बाटो अवरुद्ध भएका कारण राहत बितरण गर्न सकिएको छैन । 

व्यवस्थापन गरिएको राहत सामाग्रीहरू नजिकै रहेको १ विद्यालयमा राखिएको छ भने भोलि गाउँको पानी कम भए बिहानैबाट राहत सामाग्री वितरण गर्ने वडाध्यक्ष खानले बताउनुभयो । 

यस्तै सरावल गाउँपालिका वडा नं. ४ मा पुर्याइएको राहत सामाग्री राजनितीक विवादका कारण वितरण गर्न नसकेर गाउँपालिकाको कार्यालय सरावलमा राखिएको छ । सो वडाका २० घरधुरी विस्थापित भएका छन् भने सयौं घरमा पानी पसेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ