2026-09-22 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनमोहन मेमोरियल अस्पताल बाहिरबाट हेर्दा मात्र भव्य !

साउन ३१, काठमाडौं– काठमाडौंको स्वयम्भूमा स्थापित मनमोहन मेमोरियल (प्रस्तावित) मेडिकल कलेज । बाहिरबाट हेर्दा भवन भव्य देखिए पनि नेपाल मेडिकल काउन्सिलले तोकेअनुसारको पूर्वाधार भने उक्त कलेजमा छैन । पर्याप्त जनशक्ति नै नरहेको अस्पताललाई तीन वर्षअघि नै डा. केके ओली नेतृत्वको निरीक्षण टोलीले तोडमोड गरिएको तथ्यका आधारमा मापदण्ड पुगेको भन्दै घुमाउरो भाषामा सम्बन्धनको सिफारिस गरको थियो । 

प्रतिवेदनमा तथ्य नै तोडमोड गरिएको विषयमा सम्पर्क गर्न खोज्दा डा. ओलीले प्रतिक्रिया दिन चाहेनन्। ‘यसबारमा डिनलाई नै सोध्नोस् न,’ उनले यही उत्तर दिएर फोन काटे। ‘कलेजको बेसिक साइन्स, क्लिनिकल साइन्सलगायत विभागमा पर्याप्त जनशक्ति छैन,’ नेपाल मेडिकल काउन्सिलका एक पदाधिकारीले भने, ‘राजनीतिक दबाब र पहुँचलाई आधार मान्ने हो भने बेग्लै कुरा, नत्र पूर्वाधारकै दृष्टिकोणले मनमोहन अस्पताल मेडिकल कलेजको सम्बन्धन पाउन योग्य छैन ।’ अस्पतालमा पर्याप्त प्राज्ञिक जनशक्ति नरहेको स्रोतले बतायो। उक्त अस्पतालमा एनाटोमी, फिजियोलोजी र बायोकेमेस्ट्रीमा समेत पर्याप्त जनशक्ति छैन । अस्पतालमा स्किल्स ल्याबको समेत अभाव छ । त्यसैगरी कलेजमा काउन्सिलको मापदण्डमा उल्लेख भएको कुल शैयाको ७० प्रतिशत बिरामीको चाप पुग्दैन । बिरामीको चाप नभए स्वतः सम्बन्धनका लागि अयोग्य हुन्छ ।

मापदण्डअनुसार शैक्षिक तथा भौतिक पूर्वाधारको अभाव तर सम्बन्धनको प्रयासमा हुने चलखेलमा मनमोहनको नाम संधै अग्रपंक्तिमा आउने गर्छ । त्यसको प्रमुख कारण हो, कलेजमा लगानी गर्ने राजनीतिक अनुहारहरू । एमालेमा क्रियाशील दुई हजारभन्दा बढी सदस्य रहेको मनमोहन स्मृति सहकारीले सञ्चालन गरको अस्पतालमा चर्चित नेताहरू पनि छन्। सहकारीमा नेताहरू भरतमोहन अधिकारी, राजेन्द्र पाण्डे, वंशीधर मिश्र, महेन्द्र पाण्डे, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, पशुपति चौलागाईं, आनन्दप्रसाद पोख्रेल र सोमप्रसाद पाण्डेलगायतको लगानी छ । ‘यसै त मेडिकल कलेजका सञ्चालकहरू शक्तिशाली र पहुचवाला हुन्छन्,’ धरानकोबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति मदन उपाध्याय भन्छन्, ‘त्यसमाथि सिंगो पार्टी नै यो अभियानमा सक्रिय छ ।’ – कृष्ण ज्ञवालीले आजको कान्तिपुरमा लेखेका छन्  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग