साउन ३१, काठमाडौं । बुधबार सक्रिय भएको मनसुन सोमबारदेखि क्रमिक रूपमा निष्क्रिय हुन थालेको छ । 

देशको पूर्वी र मध्य भूभागको मौसममा सुधार आएको छ भने सुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं । बुधबार सक्रिय भएको मनसुन सोमबारदेखि क्रमिक रूपमा निष्क्रिय हुन थालेको छ । 

देशको पूर्वी र मध्य भूभागको मौसममा सुधार आएको छ भने सुद"/>

2026-09-22 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनसुन निष्क्रिय, तत्काल खतरा टर्‍यो

साउन ३१, काठमाडौं । बुधबार सक्रिय भएको मनसुन सोमबारदेखि क्रमिक रूपमा निष्क्रिय हुन थालेको छ । 

देशको पूर्वी र मध्य भूभागको मौसममा सुधार आएको छ भने सुदूरपश्चिमी भूभागमा सामान्य वर्षा हुने मौसमविद्ले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान कार्यालयका मौसमविद् वरुण पौडेलले मनसुन प्रणाली क्रमिक रूपमा निष्क्रिय हुन थालेकाले भारी वर्षाको सम्भावना नरहेको तर सामान्य बदली भने हुने बताए। 

नेपाल प्रवेश गरेको मनसुनी न्यूनचापीय प्रणाली कमजोर भएसँगै वर्षा रोकिने संकेत देखिएको हो। मनसुनको नयाँ प्रणाली विकास हुन दुई साताभन्दा बढी लाग्ने भएकाले तत्काल भारी वर्षा नहुने तर मनसुनी अवधि अझै डेढ महिना बाँकी हुँदा सामान्य वर्षा हुने उनले बताए। ‘अब खतरा टरेको छ। बाढी, पहिरो, डुबान तत्काल हुने सम्भावना घटेको छ’, उनले भने।

शुक्रबार र शनिबार देशको पूर्वी भूभागमा सक्रिय मनसुन आइतबारदेखि मध्य र पश्चिमी भूभागमा सरेको थियो। सोमबारदेखि नै मध्य र पश्चिमी भूभागमा मौसम सफा हुन थालेकाले सुदूरपश्चिममा पनि विस्तारै सुधार हुने क्रममा छ। 

जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान शाखाका अनुसार वर्षा रोकिएसँगै अधिकांश नदीमा पानीको सतह घटेको छ। खतराको सतह पार गरेको पश्चिम राप्ती, बबई, नारायणीलगायत नदीको सतह घटेको छ।

बंगालको खाडीबाट न्यूनचापीय मनसुनी वायु ४ महिनासम्म चल्दा नेपालमा मनसुन प्रणाली सक्रिय हुने र वर्षा हुने मौसमविद् बताउँछन्। सामान्यतया जेठ २७ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष दुई दिन ढिला सक्रिय भएको थियो। 

असोज ७ देखि मनसुन नेपालबाट बाहिरिन्छ । मनसुनको मुख्य समय मानिने असार, साउन र भदौमा सामान्यदेखि भारी वर्षा हुने गरेको मौसमविद् पौडेलले बताए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी