साउन ३१, राजविराज । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् । 

रुपनी गाउँपालिका वडा नं ६ बस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, राजविराज । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् । 

रुपनी गाउँपालिका वडा नं ६ बस्"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवजात शिशु मृत फेला, कोशी नदीमा बालकको शव

३१ श्रावण २०७४, मंगलवार ०२:०५

साउन ३१, राजविराज । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् । 

रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ । 

खोलामा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दा शिशु फाल्ने व्यक्तिको पहिचान भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो । स्थानीय स्वास्थ्य चौकी, सीतापुरमा राति करिब १२ बजे सरस्वती सुत्केरी भई शिशुलाई सकुसल घर लगेकी थिइन् । 

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा ल्याइएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ उप्रेतीले भन्नुभयो । 

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित कोशी नदीमा पनि एक बालकको शव फेला परेको छ । 

स्थानीयवासी आठ वर्षीय कमल सदा मृत फेला परेका छन् । पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु