२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र पाकिस्तानबीचको युद्धका कारण नेपाल आउने र विदेशिने जहाजमा अतिरिक्त समयभार

२६ बैशाख २०८२, शुक्रबार १४:०१

काठमाडौँ । भारत र पाकिस्तानबीचको तनावका कारण नेपाल आउने र जाने उडान प्रभावित हुन थालेका छन् । गत बुधबार (वैशाख २४ गते) बिहान भारतले हवाई आक्रमणपछि दुई देशबीच तनाव सुरु भएको थियो । दुई देशबीचको तनावका कारण नेपाल आउने र यहाँबाट विदेशिने जहाजमा अतिरिक्त समय र भार थपिएका छन् ।

यसले उडान तालिका प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विशेष गरी, मध्यपूर्व र युरोपको जहाज एक घण्टा ढिलो भइरहेको कार्यालयले जनाएको छ । “मध्यपूर्व र युरोपबाट आउने जहाज एक घण्टा डिले भइरहेको छ,” उनले भने, “भाडादरमा ठ्याक्कै परिवर्तन देखिएको छैन ।” अहिले पाकिस्तान हुँदै आउने जहाजले त्यहाँको आकाश प्रयोग गरेका छैनन् । यसले गर्दा एक घण्टा ढिला भएको निरौला बताउँछन् ।

“पाकिस्तानको आकाश प्रयोग गर्न नपाएपछि घुमेर भारतको क्षेत्र हुँदै आउनुपरेको छ,” उनले भने, “युरोप तथा मध्यपूर्वबाट आउने उडान समस्या परेका छन् ।” युरोप तथा मध्यपूर्वबाट नेपाल आउने र जान गरी करिब १५ जहाजको उडान समय लम्बिएको निरौलाले बताए ।
मध्यपूर्वबाट कतार एयरवेज, फ्लाई दुबई, जजिरा र कुवेत एयरवेज एयर अरेबियालगायत विमानले नेपाल उडान गरिरहेका छन् ।

तनावअघि इरान, अफगानिस्तान, पाकिस्तान हुँदै दिल्लीको हवाई रुटमार्फत उडान गर्न छोटो रुट हुन्थ्यो । पाकिस्तान र भारतबीचको तनावपछि हाल कतारबाट दुबई, ओमन हुँदै अरबियन सागर, मुम्बई हुँदै नेपाल भित्रिने र बाहिरिने गर्न थालेका छन् ।

नेपालबाट बाहिरिन सिमरा हुँदै भारतको लखनऊ, मुम्बई हुँदै अरेबियन सागरतर्फ मोडिने गरेको महाप्रबन्धक निरौलाले जनाए । उडान समय लम्बिए पनि भाडादरमा हालसम्म परिवर्तन नभएको निरौलाले बताए । “युद्ध भर्खरै सुरु भएका कारण भाडादरमा परिवर्तन भएको भन्ने सूचना पाएको छैन,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली