2026-10-06 05:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु

भदौ २८, काठमाडौं । सरकारले २५० म्यानपावर कम्पनीलाई नेपाली श्रमिक पठाउने प्रक्रिया अन्तर्गत नयाँ पूर्वस्वीकृति तत्कालका लागि रोक्का गरेको छ । विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (FWCMS) मा आबद्ध भएका ती संस्थाहरुको छनोट प्रक्रिया, आबद्धताको आधार तथा सम्भावित समूहगत नियन्त्रणबारे छानबिन सुरु भएपछि वैदेशिक रोजगार विभागले नयाँ पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा २०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयका आधारमा विभागले FWCMS मा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ वटा म्यानपावरसँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका २५० संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति रोक्का गरेको जनाएको छ ।

FWCMS मा मुख्य संस्थाका रूपमा सूचीकृत २५ म्यानपावरको कारोबार, छनोटको आधार, विगतमा मलेसिया रोजगारीमा उनीहरूको संलग्नता तथा थप संस्थालाई आबद्ध गराउँदा अपनाइएको प्रक्रियामाथि छानबिन हुने भएको  छ । त्यसैगरी, २५ म्यानपावरका एसोसिएटका रुपमा वा सहयोगी भनिएका २५० संस्थासँग पनि FWCMS मा आबद्ध हुनुको आधार, अपनाइएको प्रक्रिया तथा मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

छानबीनको विषयमा सीमित संख्याका म्यानपावरलाई ‘मुख्य संस्था’ तोकेर अन्य व्यवसायीलाई उनीहरूमार्फत आबद्ध गराउने संरचना कसरी बन्यो, कुन मापदण्डका आधारमा संस्था छनोट भए र त्यस प्रक्रियामा नेपालको विद्यमान कानुन तथा दुई देशबीचको श्रम सम्झौताको पालना भयो वा भएन भन्ने विषय रहनेछन् ।

छानबिन तथा अध्ययन पूरा नभएसम्म ती २५० संस्थाले मलेसियाका लागि नयाँ मागपत्रको पूर्वस्वीकृति लिन नपाउने भएका छन् । तर यो छानबीनको कारण यी म्यानपावरबाट वैदेशिक रोजगारमा जान पहिलेनै प्रक्रियामा रहेका कामदार भने वैदेशिक रोजगारमा जान पाउनेछन् ।

सरकारलाई FWCMS अन्तर्गत मुख्य संस्था र त्यससँग आबद्ध वा सहयोगी संस्थाको संरचनाले वैदेशिक रोजगार व्यवसायमा निष्पक्ष प्रतिस्पर्धालाई सीमित गरेको विषयमा सरकारमाथि ब्यापक दवाब सृजना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस