Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको बबई नदीमा दुईजनाको शव भेटियो

२०७४, ३१ श्रावण मंगलवार ०९:३५

साउन ३१, दाङ । दाङको तुलसीपुर–१३ शीतलपुर नजिक बबई नदीमा एक जनाको शव फेला परेको छ । 

आज बिहान स्थानीयले नदीको किनारामा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवाको शव फेला पारेको प्रहरीले जनाएको छ । त्यस्तै दंगीशरण गाउँपालिका–६ स्थित बबई नदीको किनारामा पनि एक जना पुरुषको शव फेला परेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार शाहले जानकारी दिनुभएको छ । 

दुवै शवको पहिचान खुल्न सकेको छैन । बबई नदीले बगाएर त्यहाँ शव ल्याएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको बताएको छ । 

बाढीले पाइप बगाउँदा खानेपानीको संकट 

अविरल वर्षापछि बाढीले खानेपानीको पाइप बगाउँदा दाङमा खानेपानीको अभाव देखिएको छ । 

तुलसीपुर खानेपानी तथा सरसफाइ समितिअन्तर्गतका तीन हजार बढी उपभोक्ता पाँच दिनदेखि खानेपानीको अभावमा पिल्सिएका छन् । 

शुक्रबार राति आएको अविरल वर्षासँगै बाढीले खानेपानीको मुहान मूलकोट, पातुखोला र बेलुवाको पाइप बगाउँदा खानेपानीको अभाव देखिएको खानेपानी समितिका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभएको छ । तुलसीपुर, रक्षाचौर, मजुवा, बेलुवा, गणेशपुरलगायतका उपभोक्ता विगत पाँच दिनदेखि खानेपानीको अभाव भोगीरहेका छन् । 

खानेपानीको विकल्प नहुँदा उपभोक्ताले मिनरल वाटर तथा आकाशको पानी थापेर खान बाध्य भएका छन् । स्थानीय चन्द्रा वलीले भन्नुभयो “धारामा पानी नआएको पाँच दिन भइसक्यो आकाशको पानी खान बाध्य छौँ, अन्य खानेपानीको विकल्प छैन ।”

त्यसैगरी अन्य उपभोक्ताले भने आकाशको पानीले भान्साको गर्जो टार्ने र खानेपानीको लागि मिनिलर वाटर तथा ट्यांकरबाट पानी बोकाएर खान बाध्य भएको स्थानीय प्रकाश केसीले बताउनुभयो । 

त्यसैगरी विगत पाँच दिनदेखि पानी नआउँदा राप्ती आँखा अस्पतालमा समेत पानीको हाहाकार भएको छ । अस्पतालाम आउने बिरामीलाई ट्यांकरबाट बोकाएर खानेपानीको व्यवस्था मिलाएको लेखा प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ