पढ्न करिब 1 मिनेट लाग्छ

साउन ३२, सप्तरी । सप्तरीमा आफन्तद्वारा बगाइएका मृत बालक कमल सदा पानीमा तैरिरहेको अवस्थामा फेला परेका छन् ।

प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित कोशी नदीमा उनको शव फेला पारेको हो ।

पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

आइतबार मृत्यु भएका उनी केहि दिनयता बिरामी थिए । उनको मृत्यु भएसँगै आफन्तले परम्पराअनुसार अन्तिम संस्कार गर्न (शब गाड्न) चाहेको थियो । तर, अविरल वर्षाका कारण जताजतै बाढी नै बाढी हुँदा त्यो सम्भव भएन र काका देवकुमार सदाले पानीमा बगाइदिएका थिए ।

उक्त दर्दनाक क्षणलाई यूरोपियन फोटो एजेन्सी (ईपीए)का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।