२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत र पाकिस्तानले हामीसँग लडाइँमा नजाने प्रतिबद्धता जनाएक थिय,त्यसैले युद्ध भएन : प्रधानमन्त्री ओली

२९ बैशाख २०८२, सोमबार १४:४६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच युद्ध नहोस् भन्ने आफूहरुको चाहनामा पूरा भएको बताएका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्वपूर्ण र सान्दर्भिक रहेको बताए ।

केही दिनअघि छिमेकी मुलुकहरु भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको भए पनि त्यसले लडाइँको रूप लिन नपाएको भन्दै उनले नेपालले सुरुबाटै यो अवस्था युद्धमा परिणत नहोस् भन्ने चाहेर भारत पाकिस्तानसँग कुराकानी पनि गरेको र ति देशहरुले लडाइँमा नजाने प्रतिबद्धता जनाएको तर्क गरे ।

‘केही दिनअघि हाम्रो छिमेकमै अलिकति हात हालाहालको स्थिति आयो। तर त्यसले लडाइँको रूप लिन पाएन। संयमता अपनाउनु भएकोमा उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। हामीले सुरुबाटै भन्यौँ– यो अवस्था विस्तार नहोस्, युद्धमा परिणत नहोस् । त्यसैअनुसार उहाँहरूसँग कुराकानी पनि गर्‍यौँ । उहाँहरूले लडाइँमा नजाने प्रतिबद्धता जनाउनुभयो,’ ओलीले भने । वुद्धको शान्तिको सन्देश विश्वभर अहिले अझै सान्दर्भिक भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली