साउन ३२, राजविराज (सप्तरी) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई मन्त्रीले आज सप्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण एवं अनुगमन गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, राजविराज (सप्तरी) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई मन्त्रीले आज सप्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण एवं अनुगमन गर्न"/>

2026-11-02 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष प्रचण्डसहित दुई मन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

साउन ३२, राजविराज (सप्तरी) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई मन्त्रीले आज सप्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण एवं अनुगमन गर्नुभएको छ । 

पूर्वप्रधानमन्त्री प्रचण्डसँगै राजधानीबाट हेलिकप्टरमा सप्तरी आएका गृहमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री शिवकुमार मण्डलले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका–१५ देउरी भरुवाको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । 

सो दुई ठाउँको निरीक्षण गर्दै (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्दार र पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा आफ्नो पार्टीले पनि सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले बाढीले ठूलो क्षति गरेकाले राहतमा कुनै कमी हुन नदिने भन्नुभयो । 

तराई–मधेश, हिमाल, पहाड जहाँका जनता भए पनि आपतविपद् परेका बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै पहाडमा भूकम्प जाँदा तराईका जनताले निकै ठूलो हृदयले सहयोग गरे जस्तै अहिले तराईमा विपद् पर्दा पहाडका जनताले पनि सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । 

सप्तरीको इनर्वा पुगेका गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावितका लागि खाद्यान्नलगायत राहत सामग्रीको अभाव नरहेको बताउँदै राहत वितरण प्रक्रियामा चारैतिर डुबान रहेका कारण बाटोको समस्याले राहत वितरण र व्यवस्थित गर्न समस्या भइरहेको बताउनुभयो । 

गृहमन्त्री शर्माले भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको विषयमा कूटनीतिकस्तरमा समेत छलफल भइरहेको जानकारी दिनुभयो । 

यस्तै, आपूर्तिमन्त्री मण्डलले तत्काल बाढीपीडितका लागि राहत सामग्रीको अभाव नरहेको बताउँदै चामल सहितको राहत तत्कालै पठाउनुपर्नेमा सामग्री पठाइसकिएको र समयमा वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

सरकारका सबै संयन्त्रले बाढीपीडित क्षेत्रमा काम गरिरहेको भन्दै कुनै पनि रोग लाग्न नदिन स्वास्थ्यकर्मी पनि व्यापकरुपमा परिचालन गरिएको उहाँहरुले बताउनुभयो । 

अध्यक्ष प्रचण्डसहितको दुई मन्त्रीको टोलीले इनर्वाका ७० जना दलित परिवारलाई चामल, चाउचाउ, नून र पानी वितरण गरेको थियो । बाढीमा परी ज्यान गुमाउनेको परिवारलाई सरकारले रु दुई लाख दिने निर्णय गरेको भन्दै यसलाई बढाउनुपर्नेमा बाढीपीडितहरुले जोड दिएका छन् । 

यसैबीच, उहाँहरुले एक हप्ता अगाडि बाढीका कारण ज्यान गुमाएका देउरी भरुवाका डोमी यादवको परिवारसँग समेत भेट गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द