Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

२०७४, १ भाद्र बिहीबार ०७:३२

भदौ १, नुवाकोट । भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पुर्याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ ।

नुवाकोटमा कार्यालय नै राखेर सञ्चालनमा रहेको अक्सफामको बट्टारस्थित गोदामघरमा रहेका मञ्जन, लुगा धुने र नुहाउने साबुन, सिमेन्टलगायतका राहत सामग्रीको म्याद सकिएको भेटिएको हो ।

जिल्लाका साविक नौ गाविसमा क्रियाशील रहेको संस्थाले भूकम्पपीडितलाई वितरण गर्न र भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजना निर्माण गर्न ल्याएको सिमेन्टको समयमै काम नहुँदा म्याद सकिएको हो ।

अक्सफामले राहत वितरण गर्न तयार बनाएको २०० थान ‘हाइजेनिक किट्स’मा राखिएका साबुन, मञ्जनलगायतका सरसफाइका सामग्रीको म्याद सकिएको छ । ती सामान भूकम्पपछिको पहिरोको कारण विस्थापित भएकालाई वितरण गर्न नुवाकोट ल्याइएको थियो ।

यस्तै, संस्थाको गोदाममा रहेका ११४ बोरा सिमेन्टको म्याद सकिएर काम नलाग्ने भएको अक्सफामका जिल्ला संयोजक अरुण पौडेले स्वीकार गर्नुभएको छ ।

राहत वितरणमा प्रभावकारी काम नगरेको आरोप लाग्दै आएको अक्सफामले भने स्थानीय तहको निर्वाचन र त्यसपछि वर्षा शुरु भएकाले काम गर्न नपाउँदा राहत सामग्रीको म्याद सकिएको दाबी गरेको छ ।

“चुनावले गर्दा वैशाख महिनाभर काम गर्न पाएनाँै ।”संयोजक पौडेलल भन्नुभयो, “त्यसपछि बर्खायाम शुरु भएकाले लैजानुपर्ने स्थानमा पु¥याउन नसक्दा म्याद गएको हो, त्यसलाई नष्ट गर्ने तयारी गरेका छौँ ।”गोदाममा रहेका सामग्रीको लेबल हेर्दा मंसिरदेखि फागुन महिनाभित्र नै म्याद सकिएको पाइएको छ ।

म्याद गुज्रिएका सामग्रीको मूल्य रु तीन लाख हाराहारीमा रहेको संस्थाले जनाए पनि यकिन विवरण बाहिर ल्याएको छैन । राहत सामग्रीको म्याद सकिएको सम्बन्धमा जिल्लाका नियामक निकाय भने बेखबर छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश