१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

१ भाद्र २०७४, बिहीबार ०७:३२

भदौ १, नुवाकोट । भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पुर्याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ ।

नुवाकोटमा कार्यालय नै राखेर सञ्चालनमा रहेको अक्सफामको बट्टारस्थित गोदामघरमा रहेका मञ्जन, लुगा धुने र नुहाउने साबुन, सिमेन्टलगायतका राहत सामग्रीको म्याद सकिएको भेटिएको हो ।

जिल्लाका साविक नौ गाविसमा क्रियाशील रहेको संस्थाले भूकम्पपीडितलाई वितरण गर्न र भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजना निर्माण गर्न ल्याएको सिमेन्टको समयमै काम नहुँदा म्याद सकिएको हो ।

अक्सफामले राहत वितरण गर्न तयार बनाएको २०० थान ‘हाइजेनिक किट्स’मा राखिएका साबुन, मञ्जनलगायतका सरसफाइका सामग्रीको म्याद सकिएको छ । ती सामान भूकम्पपछिको पहिरोको कारण विस्थापित भएकालाई वितरण गर्न नुवाकोट ल्याइएको थियो ।

यस्तै, संस्थाको गोदाममा रहेका ११४ बोरा सिमेन्टको म्याद सकिएर काम नलाग्ने भएको अक्सफामका जिल्ला संयोजक अरुण पौडेले स्वीकार गर्नुभएको छ ।

राहत वितरणमा प्रभावकारी काम नगरेको आरोप लाग्दै आएको अक्सफामले भने स्थानीय तहको निर्वाचन र त्यसपछि वर्षा शुरु भएकाले काम गर्न नपाउँदा राहत सामग्रीको म्याद सकिएको दाबी गरेको छ ।

“चुनावले गर्दा वैशाख महिनाभर काम गर्न पाएनाँै ।”संयोजक पौडेलल भन्नुभयो, “त्यसपछि बर्खायाम शुरु भएकाले लैजानुपर्ने स्थानमा पु¥याउन नसक्दा म्याद गएको हो, त्यसलाई नष्ट गर्ने तयारी गरेका छौँ ।”गोदाममा रहेका सामग्रीको लेबल हेर्दा मंसिरदेखि फागुन महिनाभित्र नै म्याद सकिएको पाइएको छ ।

म्याद गुज्रिएका सामग्रीको मूल्य रु तीन लाख हाराहारीमा रहेको संस्थाले जनाए पनि यकिन विवरण बाहिर ल्याएको छैन । राहत सामग्रीको म्याद सकिएको सम्बन्धमा जिल्लाका नियामक निकाय भने बेखबर छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु