भदौ १, काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई सरकारले आकर्षक सुविधा दिएर बिदा गर्ने भएको छ ।
अस्थायी शिक्षकलाई सुरुमा आन्तरिक प्रतिस्पर्धा गराई उत्तीर्णलाई स्थायी गरिनेछ । अनुत्तीर्णलाई चाहिँ पढाएको अवधि गणना गरी उपदानस्वरुप निश्चित रकम दिएर घर पठाउने प्रस्ताव शिक्षा मन्त्रालयले गरेको छ ।
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बिहीबार संसदमा दर्ता गराएको संशोधन विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । -अन्नपूर्ण पोस्ट दैनिक