३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाए: प्रधानमन्त्री ओली

३० बैशाख २०८२, मंगलवार १८:००

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस-सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाएको भन्दै माया लागेको बताए।

मंगलबार काभ्रेको बनेपामा बन्न लागेको ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सुरुवातमै आफूले ‘गाह्रो पर्छ बाबु–नानु, थाल्नु हुँदैन’ भनेको स्मरण गरे। ‘मैले त्यही बेला भनेको थिएँ, गाह्रो पर्छ बाबुनानु, नथाल है भनेर। तर उनीहरूले मैदान थालिहाले। अनि साँच्चै धेरै दुःख पाए। माया लाग्छ,’ प्रधानमन्त्रीले भने, ‘तर त्यो क्रिकेट मैदान पक्कै पनि बन्नेछ। उनीहरूले पाएको दुःख पनि एक दिन हट्छ।’

उनले थपे, ‘यति ठूलो काम थाल्दा सुरुमा साथीभाइ धेरै हौसिन्छन्, ‘हामी छौँ’ भन्छन्। चन्दा उठाएर बनाउँछौ भन्छन्। तर पछि सहयोग नहुन पनि सक्छ। मैले त दुःख पाउने हो भनेर नगर भनेको हो।’

उनले धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले मैदान थालिएको भए पनि यात्रा सजिलो नभएको बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली