Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरमा कालाजारका बिरामी फेला परे

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको पुष्टि भएको हो ।

पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताउनुभयो । निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाएपनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । एक सातादेखि पदमलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

चिकित्सकका अनुसार सेन्डफ्लाइ नामक भुसुनाको टोकाइले सार्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ । साँझ र राति भुसुना बढी सक्रिय हुने गर्दछन् ।

लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ । रासस