१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बालिका हत्यारा हरियाणाबाट पक्राउ

२ भाद्र २०७४, शुक्रबार ०७:०८

भदौ २, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । 

भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षीय अभियुक्त हीरासिंह ऐरीलाई प्रहरीले हालै भारतको हरियाणाबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको टोलीले अभियुक्त ऐरीलाई हरियाणास्थित आफन्तको डेराबाट नियन्त्रणमा लिई भीमदत्तनगर पु¥याएको छ । 

प्रहरीसमक्ष ऐरी बालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका अयिभुक्तसहित घटनाबारे बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले छिमेकमा खेल्न भनी गएकी बालिका विष्टलाई मादक पदार्थ सेवन गरेका अभियुक्त ऐरीले हत्या गरी राति नजिकैको खोलामा लगेर फालेको बताउनुभयो । 

“शुरुमा विष्टका आफन्तले खोलामा मृतावस्थामा भेटिएको भनी प्रहरीमा उजुरी दिए ।” प्रहरी उपरीक्षक चन्दले भन्नुभयो– “घटनास्थलको अनुसन्धान र शव परीक्षण रिपोर्ट हेर्दा हत्या भएको आशंकापछि हाम्रो गहन अनुसन्धान भयो र सफल पनि भयौँ ।” 

घटनाका बेला बालिकाको बगेर मृत्यु भएको हल्ला गरिएपनि शव परीक्षण रिपोर्टमा हत्या भएको हुनसक्ने भन्दै प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको थियो । 

हत्या गरिएका बालिकाका परिवारले ल्याएको उजुरीअनुसार प्रहरीले अभियुक्त ऐरी पक्राउ गर्नुअघि नै थप दुईजनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइसकेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु