१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा दुई हजार बालबालिका कुपोषित

२ भाद्र २०७४, शुक्रबार ०७:१६

भदौ २, बाजुरा । बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ । 

जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताउनुभयो । 

उहाँले जिल्लामा कुपोषणलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयले आइमाम कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कुपोषण भएका बालबालिकाका आमालाई पोषिलो खानेकुरा खुवाउनेलगायतका आवश्यक सुझाव सल्लाह दिने गरिएको कुँवरले जानकारी दिनुभयो । 

कुँवरका अनुसार जिल्लाका छवटा स्वास्थ्य संस्थामा कुपोषित बालबालिकाको उपचार केन्द्र (ओसिटी सेन्टर) सञ्चालन गर्दैआएको बताइएको छ । उपचार केन्द्र जिल्ला स्वास्थ्य कार्यालय बाजुरा, टाँटे स्वास्थ्य चौकी, डोगडी, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, रुगिन स्वास्थ्य चौकी र गोत्री स्वास्थ्य चौकीमा ओसिटी सेन्टर सञ्चालन हँुदै आएको आइमाम कार्यक्रम जिल्ला संयोजक डा उदय प्रकाशले बताउनुभएको छ । 

कुपोषित भएकामध्ये शीघ्र कुपोषण भएका ६०० जना मध्यम खालका एक हजार ४०० जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको जाँच गर्दा उक्त बालबालिका कुपोषित पाइएको हो । 

कुपोषित बालबालिकालाई उपचारार्थ खाना खुवाउने, नियमित जाँच गर्ने र कुपोषित भएका बालबालिकालाई पोषित गरेर घर फर्काउने गरेको जनस्वास्थ्य अधिकृत कुँवरको भनाइ छ । 

जिल्लामा बहुक्षेत्रीय पोषण योजना, आइमाम कार्यक्रम, सुआहारा दोस्रोले पोषणका लागि काम गर्दै आएका छन् । कार्यक्रम सञ्चालन भएपछि कुपोषणको अवस्था घट्दै गएको बहुक्षेत्रयीय पोषण योजनाका कार्यक्रम संयोजक गणेशप्रसाद जोशीले बताउनुभएको । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु