२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीन र युरोपेली सङ्घबीचको सम्बन्ध स्थापनाको ५० बर्ष, थप मजबुत सम्बन्ध कायम गर्ने प्रतिवद्धता

२०८२, १ जेष्ठ बुधबार १७:३३

चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका बीच सहकार्यलाई सुदृढ तुल्याउन आह्वान गरेका छन् ।

चीनका लागि इयू प्रतिनिधिमण्डलले आयोजना गरेको ’प्रोत्साहन सन्तुलन, प्रतिबद्धता कायम गर्ने, जिम्मेवारी ग्रहण गर्ने’ शीर्षकको बेइजिङ आयोजित उक्त सम्मेलनमा दुवै पक्षका करिब ५०० प्रतिनिधि सहभागी भएका थिए ।

फ्रान्सका पूर्वप्रधानमन्त्री तथा इयूका पूर्व आयुक्त मिचेल बार्नियरले आर्थिक स्थिरता, विश्वव्यापी स्वतन्त्र र निष्पक्ष व्यापारका साथै जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीका विषयमा इयू र चीनले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले जनस्तरको आदानप्रदानलाई प्रगाढ सम्बन्धको जगका रुपमा लिएको बताउनुभयो ।

चीनको विदेश मन्त्रालयका युरोपेली मामिलाका महानिर्देशक ली जियानले विगत ५० वर्षमा चीन र इयूबीचको सम्बन्ध थप परिपक्व र लचिलो भएको बताउनुभयो ।

“जबसम्म दुवै पक्षले एकअर्कालाई सम्मान गर्छन्, समान परामर्शमा संलग्न हुन्छन् र एकअर्काका जायज चासोलाई सम्बोधन गर्छन्, तबसम्म हामी निश्चित रूपमा कठिनाइहरू पार गर्नेछौं र मतभेदहरू समाधान गर्नेछौँ,” लीले भन्नुभयो ।

सिन्ह्वासँग कुरा गर्दै चीनका लागि युरोपेली सङ्घका राजदूत जर्ज टोलेडो अल्बिनानाले इयू र चीनबीचको सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण सम्बन्धका रुपमा विकसित भएको बताउनुभयो ।

जलवायु परिवर्तनसँग जुध्न, जैविक विविधता र वातावरण संरक्षणमा युरोपेली सङ्घ र चीन असल साझेदार रहेको उल्लेख गर्दै उहाँले अब विश्व व्यापार सङ्गठनको ढाँचाभित्र रहेर दुवै पक्षले बहुपक्षीयताको रक्षा गर्ने अवसर पाएको उल्लेख गर्नुभयो ।

‘बेइजिङ फरेन स्टडिज युनिभर्सिटी’को ‘सेन्टर फर द युरोपियन युनियन एन्ड रिजनल डेभलपमेन्ट स्टडिज’का निर्देशक कुइ होङजियानले भन्नुभयो, “चीन र इयू दुवैले आफ्ना प्रतिबद्धतालाई कायम राख्न आवश्यक छ र आफ्ना मतभेदलाई अझ बढी तर्कसङ्गत दृष्टिकोण अपनाउनु पर्दछ र अर्थतन्त्र, राजनीति, संस्कृति र रणनीति गरी चार प्रमुख आयाममा सहयोगलाई प्रगाढ बनाउनुपर्छ ।

पचास वर्षअघि सन् १९७५ मा चीन र युरोपेली आर्थिक समुदायले कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए, जुन आधुनिक अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण क्षण थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा