Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा ६ सय ११ घरधुरीलाई राहत वितरण

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका बाढीपिडितहरुलाई १५ दिन पुग्ने गरि राहत सामाग्री वितरण गरिएको छ ।

दुईपटक आएको ठुलो बाढीले यस गाउँपालिका जनताहरु पिडित भएपछि गाउँपालिकाका ६ सय ११ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्रीहरु वितरण गरिएको हो । असल छिमेकी नेपाल, ईसाई समाज नवलपरासी, पोख्रेली ख्रिष्टियन समुदाय पोखराको संयुक्त आयोजनामा ति बाढी पिडितहरुलाई न्युनतम १५ दिन पुग्ने गरि ति खाद्यान्नहरु राहत राहत स्वरुप वितरण गरिएको हो ।

ति संस्थाहरुले बाढी पिडित घरपरिवारलाई २५ किलो चामल, ३ किलो दाल, १ किलो नुन, आधा किलो सोयबिन, १ लिटर खानेतेल, १ पिस, त्रिपाल, १ पिस कम्बल, ब्रस, पेष्ट, लुगा धुल्ने र नुहाउने साबुन, सेनेटरी प्याड लगायत १५ आईटम वितरण गरेका असल छिमेकी नेपालका जिल्ला संयोजक पुरन सोतीले बताए ।

बाढी पिडितहरुलाई वितरण गरिएको उक्त राहत सामाग्री ३३ लाख, ७९ हजार, ७ सय ३४ रुपिया बराबरको रहेको ति संस्थाले जनाएका छन् । जिल्लामा आएको ठुलो बाढीले स्थानिय जनताहरु पिडित भएपछि सहयोगका भावनाले ति संस्थाहरु मिलि रकम जुटाएर उक्त राहत सामाग्री वितरण गरेको ईसाई समाजका सचिव सुबाष ज्ञवालीले बताए ।

यसरी यि संस्थाहरुले मिलेर बाँडिरहेको राहत सामाग्री जिल्ला अरु प्रभावित क्ष्ोत्रमा पनि वितरण गरिने संस्थाका योजना रहेको ज्ञवालीले बताए ।

बाढीले गाउँपालिकामा १ सय ७७ घर पुर्णरुपमा भत्केर ध्वस्त भएको छ भने बाढीले हजार भन्दा बढि घर प्रभावित भएका छन् । गाउँपालिकाको वार्ड नंं १ मा १८९ घर परवारलाई राहत वितरण गरिएको हो भने  २ मा ४१, ३ मा ५८, ४ मा ३८, ५ मा ३० र ६ मा २ ५५ घरपरिवारलाई राहत वितरण गरिएको हो ।