पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २, सिरहा । सिरहाका बाढीपिडीतलाई आईएमई ग्रुपले राहत बितरण गरेको छ ।

विहिबार आईएमई ग्रुपले कल्याणपुर नगरपालिका ३ इटारीपर्साहीका ७० घरपरिवारलाई राहत बितरण गरेको छ । लगातारको बर्षाले तराई मधेशमा ठुलो जनधनको क्षतिको साथै बाढीपहिरोले बिस्थापित भएका आमजनसमुदायलाई मध्य नजर गर्दै जिल्लाका साझेदारहरुसँगको सहकार्यमा राहत वितरण गरिएको आईएमई ग्रुपको केन्द्रिय प्रतिनिधि वीरेन्द्र ढकालले जनाए ।

जिल्लाका बसविट्टा, लहान, ईटारीपरसाही लगायतका प्रभाबित र बिस्थापित क्षेत्रमा २ सय ५० पिडित परीवारलाई राहत बितरण गर्ने कार्यक्रम रहेको प्रतिनिधि ढकालले बताए । ग्रुपले चामल, दाल, नुन, तेल, झुल, भेष्ट, टर्चलाईट, गमछा, साबुन, जिबनजल लागायतका सामग्रीहरु बितरण गरेका छन् ।