२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

च्याटजीपीटीको भविष्यबाणी आधारमा,१२ वर्षको वैवाहिक सम्बन्ध डिभोर्सको प्रक्रियामा

२ जेष्ठ २०८२, बिहीबार १३:५३

एक ग्रिक महिलाले आफ्नो पतिको कफीको कपको तस्बिर च्याटजीपीटीमा देखाएर भविष्यवाणी गराएपछि १२ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने प्रयास गरेकी छन् । दुई सन्तानकी आमा रहेकी ती महिलाले च्याटजीपीटीले दिएको उत्तरलाई यथार्थ ठानेर सोही आधारमा डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् ।

ओपनएआईले तयार गरेको एआई च्याटबट च्याटजीपीटीमा उनले परम्परागत तासेग्राफी (कफी घुलिसकेपछि बाँकी रहेको अवशेषबाट भविष्यवाणी गर्ने विधि) को सहारा लिँदै पतिको कपको तस्बिर पठाएकी थिइन् । च्याटजीपीटीले दिएको जवाफमा उनको श्रीमान् एक युवतीसँग प्रेम सम्बन्धमा रहेको र ती युवतीले परिवार बिगार्ने प्रयास गरिरहेकी बताएको थियो ।

यो जवाफलाई गम्भीर रूपमा लिएकी महिलाले तुरुन्तै श्रीमान्लाई घरबाट निस्कन भनिन्, बच्चाहरूलाई डिभोर्सको बारेमा जानकारी दिइन्, र केही दिनमै कानुनी प्रक्रिया थालिन् । श्रीमान्‌ले एक ग्रिक टेलिभिजन कार्यक्रम ‘टु प्रोइनो ’ मा घटनाको खुलासा गरेका छन् । “उनी प्रायः नयाँ ट्रेन्डहरूमा रमाउँछिन्,” उनले भने, “एक दिन उनले हामीलाई ग्रिक कफी बनाएर रमाइलोका लागि कपको फोटो खिचिन् र च्याटजीपीटीलाई देखाइन् ।”

उनका अनुसार कपको फोटो हेरेर एआईले एउटा ‘इ ’ अक्षरबाट सुरु हुने महिलाको विषयमा बतायो जससँग उनी भावनात्मक रूपमा जोडिने भविष्यवाणी गरिएको थियो । पत्नीको कपमा भने पति पहिले नै सम्बन्धबाहिर रहेको र अर्को महिलाले घर बिगार्न खोजिरहेको उल्लेख गरिएको थियो । “मैले त यो कुरा मजाकमै लिएँ,” उनले भने, “तर उनले गम्भीर रूपमा लिइन् । केही दिनमै मलाई वकिलबाट डिभोर्स कागज आयो ।” श्रीमान्‌का वकिलले एआईको भविष्यवाणीलाई कानुनी आधार मान्न नपाइने भन्दै आफ्नो पक्ष निर्दोष रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान