2026-07-28 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इन्डोनेसियामा सैन्य हमलामा १८ सन्दिग्ध सशस्त्र पृथकतावादीको मृत्यु

इन्डोनेसियाली सेना (टिएनआई) ले बिहीबार देशको पपुवा सेन्ट्रल प्रान्तको इन्टान जया रिजेन्सीमा १८ सन्दिग्ध सशस्त्र पृथकतावादीलाई गोली हानेर मारिएको बताएको छ ।

टिएनआईका प्रवक्ता क्रिस्टोमी सियाँतुरीले एक विज्ञप्तिमा बुधबार बिहान टिटिगी, नुगुसिगा, जैनदापा, सुगापा लामा र जानम्बाका गाउँहरूमा स्थानीय समयानुसार साँझ ४ बजेदेखि ५ बजेको बीचमा गोली हानाहान भएको बताउनुभयो ।

उहाँका अनुसार गस्तीले सुरुमा ती गाउँका बासिन्दाहरूलाई स्वास्थ्य सेवा र शिक्षा सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको थियो, तर त्यसपछि केही सशस्त्र पृथकतावादीहरूको सामना गर्नुपरेको थियो ।

“यो अपरेसन मापनयोग्य र व्यावसायिक तरिकामा गरिएको थियो र नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिइएको थियो । हामी पपुआन जनतालाई उनीहरूको मातृभूमिमा डरले बाँच्न दिनेछैनौँ”, सेनाको सूचना विभागका प्रमुख सियाँतुरीले भन्नुभयो ।

पृथकतावादीहरूबाट राइफल, गोलाबारुद, सञ्चार उपकरण लगायतका प्रमाणहरू पनि जफत गरिएको उहाँले बताउनुभयो ।

“टिएनआई यहाँ स्थानीयहरूलाई डराउनका लागि होइन, सशस्त्र समूहहरूले गरेको हिंसा र धम्कीबाट बचाउनका लागि आएको हो”, उहाँले भन्नुभयो ।

इन्डोनेसियाका सुरक्षा बलहरूको पपुआन पृथकतावादीहरूसँग बारम्बार झडप भएका छन्, जसको परिणामस्वरूप दुवै पक्षको ज्यान गएको छ ।

ओपिएमको सशस्त्र शाखा वेस्ट पपुवा नेसनल लिबरेसन आर्मी (टिपिएनपिबी) ले सैन्य र प्रहरी कर्मचारीहरूका साथै नागरिकहरूलाई लक्षित गर्दै स्वतन्त्र राज्यको खोजीमा दशकौँदेखि छापामार युद्ध चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल