भदौ ३, काठमाडौँ । नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको छ । 

आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३, काठमाडौँ । नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको छ । 

आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन भित्र्याउदैछ सेनाले यस्ता ११ वटा हवाई साधन ?

३ भाद्र २०७४, शनिबार ०१:२३


भदौ ३, काठमाडौँ । नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको छ । 

आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक आगामी डेढ बर्ष भित्र सेनाले भित्राउने भएको हो । हाल सेनासँग १० हवाइ साधन चालू अवस्थामा छन् भने १५ वटा चल्न सक्ने हालतमा छैनन् । 

अघि बढिसक्यो खरिद प्रक्रिया

प्राकृतिक प्रकोप र अन्य उद्धार कार्यका साथै दुर्गम क्षेत्रमा खाद्यान्न तथा पूूर्वाधारका सामग्री ढुवानी, बिरामीको उद्धार, विशिष्ट पदाधिकारीको उडानका लागि सेनाले सात वटा हवाई साधन (हवाइहाज र हेलिकप्टर) किन्ने भएको हो । 

यीमध्ये कतिपयको खरिद प्रक्रिया अघि बढिसकेको छ । रुसमा निर्माण भएका दुई एमआई–१७ हेलिकप्टर, एक विशिष्ट खाले (भीआईपी) हेलिकप्टर र एउटा जहाज (फिक्स्ड विङ) खरिद प्रक्रिया अघि बढेको छ । अन्य तीन प्रकारका (मध्यम–१ र हल्का–२) हेलिकप्टरका लागि पनि प्रक्रियागत काम हुँदै गरेको नेपाली सेनाले जनाएको छ ।

असारमा सम्झौता 

सेनाले ६ हेलिकोप्टरसँगै ल्याउन लागेको हवाइ जहाज एअर बस कम्पनीको हो । स्रोतका अनुसार जहाज खरिदका लागि इन्डोनेसियाली कम्पनी पीटीडीआई र नेपाली सेनाबीच असार पहिलो साता सम्झौता भएको थियो ।  

यसका साथै अमेरिकाले चार वटा स्काई ट्रक अनुदानमा उपलब्ध गराउने छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका क्रममा त्यो टुंगो लागेको हो । कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति