३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सलमान रुस्दीमाथि घातक आक्रमण गरेका माटारलाई २५ बर्षको जेल सजाय

३ जेष्ठ २०८२, शुक्रबार १४:१३

न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ ।

अमेरिकी–लेबनानी नागरिक २७ वर्षीय हाडी माटारलाई यसै वर्षको फेब्रुअरीमा हत्या प्रयास र आक्रमणको अभियोगमा दोषी ठहर गरिएको थियो ।

माटारले आफूमाथि छुरा प्रहार गरेको र कुटपिट गरेको सुनुवाईको क्रममा रुस्दीले बताउनुभएको थियो ।

रुस्दीले भन्नुभयो, “यो मेरो आँखामा छुरा प्रहारबाट चोट लागेको थियो, यो असाध्यै पीडादायी थियो, त्यसपछि दुखाइका कारण म चिच्याएको थिएँ ।

मुद्दाको सुनुवाइका क्रममा धेरै पटक प्यालेस्टाइनको समर्थनमा नारा लगाएका माटरले रुस्दीलाई छ इन्चको धारिलो हतियार (छुरा) ले १० पटक प्रहार गरेको स्वीकारेका थिए ।

यसअघि उनले सञ्चारमाध्यमसँगको कुराकानीमा रुस्दीको ‘द स्याटानिक भर्सेस’का दुई पृष्ठ मात्र पढेको तर लेखकले ‘इस्लाममाथि आक्रमण गरेको’ विश्वास गरेको बताउनुभएको छ ।

सन् १९८९ मा इरानले रुस्दीको हत्याको माग गरेको फतवापछि माटारको कानुनी टोलीले रुश्दीलाई उत्पीडनको सिकार भएको भनी चित्रण नगर्न साक्षीलाई अनुरोध गरेको थियो ।

इरानले आक्रमणकारीसँग कुनै सम्बन्ध नरहेको बताउँदै घटनाका लागि रुस्दी नै दोषी रहेको दावी गरेको छ ।

आक्रमणमा रुस्दीको दाहिने आँखाको ‘अप्टिकल नर्भ’ काटिएको (चोट लागेको) थियो र उहाँले अदालतसमक्ष भन्नुभयो, “आँखालाई मोइस्चराइज गर्नका लागि बन्द गर्ने निर्णय गरिएको थियो। यो एकदम पीडादायी शल्यक्रिया थियो जुन म कसैलाई यसका लागि सिफारिस गर्दिन।”

आक्रमणबाट रुस्दीको रूद्रघण्टी, कलेजो र सानो आन्द्रामा पनि चोट लागेको थियो र पाखुरामा नशा काटिएपछि (स्नायुमा क्षति पुगेपछि) उहाँको एउटा हातमा पक्षाघात भएको थियो ।

अहिले ७७ वर्ष पुगेका बेलायती मूलका अमेरिकी रुस्दीलाई माटरको आक्रमणपछि उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । गत वर्ष उहाँले ‘नाइफ’ नामक संस्मरण प्रकाशित गर्नुभएको थियो, जसमा उहाँले मृत्युनजिकको अनुभवलाई प्रस्तुत गर्नुभएको छ ।

‘द इलेभेन्थ आवर’ रुस्दीको विषयवस्तु र रुचिका स्थानहरूको जाँच गर्ने लघुकथाहरूको सङ्ग्रह ‘द इलेभेन्थ आवर’ नोभेम्बर ४, २०२५ मा सार्वजनिक गरिने उहाँको प्रकाशकले मार्चमा घोषणा गरेको छ।

मुम्बईमा जन्मिएका रुस्दी आफ्नो दोस्रो उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ (१९८१) बाट चर्चामा आउनुभएको थियो, उक्त उपन्यासले स्वतन्त्रतापछिको भारतको चित्रणका लागि बेलायतको प्रतिष्ठित बुकर पुरस्कार जितेको थियो। तर ‘द शटानिक भर्सेस’ ले रुस्दीलाई अझ बढी अर्थात् सोचेभन्दा बढी ध्यान आकर्षित गर्‍यो ।

रुस्दी विशेष गरी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र इस्लाम धर्मको अपमान गर्नु कुनै पनि परिस्थितिमा अस्वीकार्य छ भन्ने कुरामा जोड दिनेहरूबीच भीषण रस्साकस्सीको केन्द्र बन्नुभयो ।

विवादका कारण उहाँका पुस्तक र पुस्तक पसलहरूमा समेत आगो लगाइयो, उहाँको जापानी अनुवादकको हत्या गरियो र उहाँको नर्वेली प्रकाशकलाई धेरै पटक गोली हानि मार्ने प्रयास गरिएको थियो।

रुस्दी सन् १९८९ को फतवापछि एक दशकसम्म लण्डनको एकान्तवासमा बस्नुभएको थियो तर विगत २० वर्षदेखि उहाँ न्युयोर्कमा सामान्य रुपमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली