2026-09-18 08:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चाडपर्वको समयमा शनिबार पसल बन्द हुदाँ सेवाग्राही समस्यामा

ललित बोहरा/भदौ ३, डडेल्धुरा । महिलाहरुको महान चाड हरितालीका तिज लगायतका चाडपर्वको समयमा डडेल्धुरा सदरमुकामको एक मात्र मुख्य बजार शनिबार बन्द हुदाँ सेवा ग्राहीलाई समस्या भएको छ ।

तिजको यो समयमा महिलाहरु बिशेष गरी सुनचाँदी र श्रंगारका पसलहरु खोज्दै हिडने गरेको छन् । तर शनीबार सदमुकामको मुख्य बजार  बागबाजर बन्द हुदाँ समानहरु खरिद गर्न नपाउदाँ सेवाग्राहीहरुलाई धेरै समस्या भएको देख्न सकिन्थ्यो ।

 डडेल्धुराका ७ वटै स्थानीय तहबाट घराईसी उपभोग्य सम्पूर्ण सामाग्री देखी कपडाहरु सम्म खरिद गर्न सदमुकाम बागबजार आउने गरेको छन् । शनीबार सरकारी बिदाँको दिन परेकाले पनी बजारमा किनमेल गर्न आउनेको संख्या बढि रहेको एक फलफुल ब्यापारीले बताए ।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले हरेक बर्षको  हरितालिका तीज, गौरा पर्व, बडादशैँ तथा तिहार र उग्रतारा मेलाको  अवसरमा शनिबार पनी सार्वजनीक सुचना प्रकाशीत गरी बजार खुल्ने गरेको छ । तर हरितालीका तिज आउन ४ दिन मात्र बाँकी रहदाँ समेत शनीबार पसलहरु नखुल्दा सेवाग्राही मारमा परेका थिए ।

यस्तै चाडपर्व नजिकिए संगै मदिरा निषेधित क्षेत्रमा पनी मदिरा  वसारपोसार हुन थालेको छ ।

जिल्ला सदरमुकाम बागजारबाट बगरकोट सडक खण्डमा जिपहरुमा लूकाई छिपाई भागेश्वर गाउँपालीका र उग्रतारा मेलैली सडक खण्डबाट अजमेरु गाउँपालीकाको चमडाबजार लगायतका निषेदित क्षेत्रमा मदिरा वसारपोसर हुने गरेको छ ।

उक्त क्षेत्रहरुमा निषेधित क्षेत्र भने पनी खोल्याम रुपमा मदिरा बिक्री हुने गरेको र अस्थाई प्रहरी चौकी तथा जनप्रतिनीधीहरुले समेत चासो नदिएको स्थानीयले बताएका छन् ।

अजयमेरु गाउँपालीको वडा नम्बर ३ भद्रपुर बजारमा भने आधिकारी बिक्रेता रहेको जनाएको छ । यसका साथै ग्रामिण सडकमा सञ्चान हुने जिपहरुले क्षमता भन्दा दोब्बर यात्रु चालकले मदिरा सेवन गरेर बोकने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई