३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर

३ जेष्ठ २०८२, शुक्रबार १८:०२

बेलायती प्रधानमन्त्री किर स्टार्मरले शुक्रबार अल्बानियामा युरोपेली राजनीतिकर्मीको बैठक अघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शान्ति कायम गर्न बेवास्ता गरेकोमा मुल्य चुकाउनु पर्ने बताउनुभएको छ ।

शान्ति प्रक्रियामा पुटिनको हिचकिचाउने र ढिलाइ गर्ने रणनीतिले युक्रेनमा भइरहेको हत्या र रक्तपात असहनीय अवस्थामा पुगेको बताउदै स्टार्मरले शिखर सम्मेलन अघि विज्ञप्ति जारी गर्दै टर्र्कीएमा युक्रेन र रूसबिच वार्ता हुने अपेक्षा गरिएको बताउनुभएको छ ।

युरोपेली राजनीतिक समुदाय (इपिसी) ले युरोपेली सङ्घका सदस्य र अन्य देशका प्रतिनिधिबीच शुक्रबार अल्बानियाको राजधानी तिरानामा भेटवार्ता गर्दै छन् ।

युक्रेनमा द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू पनि इस्तानबुलमा भेट्दै छन् ।

यद्यपि पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्तामा भाग लिने स्पष्ट नभएकाले अमेरिकी विदेश मन्त्री मार्को रुबियोले उनीहरूले शान्ति चाहेकोमा शङ्का व्यक्त गर्नु भएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको पहलमा इपिसीको स्थापना भएको थियो ।

पुटिनले बिहिबार इस्तानबुलमा अमेरिकाले आयोजना गरेको शान्ति वार्तामा भाग नलिए पछि आयोजित बैठकका सहभागीहरूले क्रेमलिनमाथि दबाब बढाउने छन् ।

बिना शर्त पूर्ण युद्धविराममा सहमति हुनु पर्ने बताउँदै स्टार्मरले अन्यथा पुटिनले गम्भिर मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

रूसले युद्धविराम स्वीकार नगरे आगामी हप्तामा प्रतिबन्धको कारबाहीमा रूसी ऊर्जा केन्द्रीत लक्ष्य हुने लन्डनले जनाएको छ ।

यसैबीच, युरोपेली सङ्घ र बेलायतले विगत केही दिनमा रूसी तेल विरुद्ध नयाँ प्रतिबन्ध बुधबार अनुमोदन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए