पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमा"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमा"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

कैदीबन्दीलाई सिसेफ महिला समुहले दर खुवायो

२०७४, ४ भाद्र आईतवार ०२:३८

पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमाइलो गरीरहेका छन् । 

हुनेखानेका लागि  तीज महिनौ दिनसम्म चल्छ तर हुदाँ खानेहरुको लागि भने तीज खल्नोनै छ । गाउँघरमा दिदीबहिनी माइती घरमा ल्याउनको लागि दाजुभाइहरु जुट्न थालेका छन् । गाउँको परिवेश पनि यतिबेला तीजमय बन्दै गएको छ । 

शहरमा तीज आउनुभन्दा एक महिनादेखिनै दिदीबहीनीहरु जम्मा भएर दर खाने, नाच्ने गाउँने गर्छन । जून पछिल्लो समयमा निकै भड्कीलो र कुुुुसंस्कारका रुपमा पनि विकशित पनि भएको छ । तीज पर्व हिन्दु नारीहरुको महान् चाड हो । चाडलाई चाडको रुपमा मनाउनुपर्छ । पछिल्लो समयमा तीजमा भित्रिएको विकृतिले समाजलाई कुसंस्कारको बाटोमा लैजादै छ यस बारेमा संस्कृतविदहरु समेत लाग्नुपर्ने देखिन्छ ।

पर्वतमा तीज नजिकिएसँगै महिला दिदीबहिनीहरु सामुहिक दर खाने कार्यक्रममा निकै व्यवस्त हुन थालेका छन् । यसैविच सामाजीक क्षेत्रमा क्रियाशिल सिसेफ महिला समुहले जिल्ला कारागारमा रहेका महिला कैदी बन्दीलाई दर खुबाएको छ ।   कारागार     परिसरमै कारगारमा रहेका महिला बन्दीहरुलाई दर खुवाईएको हो ।

महिला बन्दी गृहमा महिलाहरूलाई दर खुवाउनुका साथै बन्दी महिलाहरुलाई तिजको झल्को मेटाउने काम गरेको सिसेफ महिला समुहकी अध्यक्ष ईश्वरी पाठकले       बताइन् । कैदबन्द हुनु भनेको स्वतन्त्र नहुनु हो । स्वतन्त्र भएका दिदीबहिनीहरुले जसोतसो तीजमा दर खाए मनाउने गर्छन तर कैद जीवन विताएका महिला दिदीबहिनीहरुलाई यो अबसर मिल्दैन त्यसैले हामीले कैद जीवन विताएका दिदीबहिनीहरुलाई पनि दर खुवाउ र माइतीको झल्को मेटाउन भन्नेको लागि दर खुवाउने कार्यक्रमको आयोजना गरिएको हो उनले भनिन् ।

दर खुवाउने कार्यक्रमकका अवसरमा बोल्दै कुश्मा नगरपालिका वडा नम्बर ५ कि वडा अध्यक्ष चित्रकला भारतीले विभिन्न कारणले जेल जिवन बिताउन बाध्य भएका महिलाहरूसँग शुभकामना साटासाट गर्न र आत्मीयता बढाउन यस्ता कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । महिला बन्दीहरुलाई आफ्ना दिदीवहिनी सम्झेर दरखुवाउने कार्यक्रम राखेकामा उनले महिला समुहलाई धन्यबाद समेत ज्ञापन गरिन् ।

सिसेफ महिला समुहले गत बर्ष पनि महिला बन्दीहरुलाई दर खुबाएर महिलाहरुको झल्को मेटाउने काम गरेको र यसलाई सधै  निरन्तरता दिईरहने महिला समुहकी सचिब कामना रेग्मीले बताइन ।

पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तिज मनाउन नपाएका महिलाहरूसँग खुसि साटासाट गर्न कार्यक्रम आयोजना गरिनु फलदायि रहेको सिसेफ नेपालका अध्यक्ष थम नारायण पौडेलले बताए  ।

एकता युवा क्लबले पनि तीजकै अबसर पारि जिल्लामा बृहत दर खाने कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा नारी सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली